वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ७ माघ । अमेरिकाका ४६ औं मा निर्वाचित हुनुभएका जो बाइडेनले आजदेखि आफ्नो कार्यभार सम्हाल्नु हुनेछ ।
गत बर्ष २०१९ को नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रयाटिक पार्टीबाट उम्मेद्वार बन्नुभएका जो बाइडेनले रिपब्लिकन पार्टीबाट उम्मेद्वार बन्नुभएका पदासिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्नुभएको थियो ।
अमेरिकामा नयाँ राष्ट्रपतिको निर्वाचन नोभेम्बरको पहिलो मंगलबार हुने र निर्वाचित राष्ट्रपतिको सपथ ग्रहण र सत्तारोहण त्यसपछिको जनवरी २० तारिखमा हुने चलन छ । यो बीचको समयावधिमा निर्वाचित राष्ट्रपतिले आगामी चार बर्ष राज्य सञ्चालन गर्ने आफ्नो मन्त्रिमण्डल, सल्लाहकार र प्रशासकहरु चयन गर्ने उनीहरुलाई आफ्ना कामहरु सिकाउने र राज्यका संबन्धित विभागहरुसंंग औपचारिक समन्वय गरी राज्यसञ्चालनको लागि आवश्यक सूचना लिने तथा राज्य सञ्चालनका कार्यशैली सिक्ने गर्दछन् ।
अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण राष्ट्रपति भवन ह्वाइट हाउसको बाहिरी भर्याड.मा आयोजित हुने गर्दछ । त्यहाँ राष्ट्रपति र उपराष्ट्रपतिले सपथ ग्रहण गर्दछन् । राष्ट्रपति निर्वाचित जो बाइडन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस दुवै जनाले आज बुधबार राजनीतिक परेडजस्तो देखिने सत्तारोहण समारोहमा शपथग्रहण गर्नुहुनेछ।
![]()
यस पटकको सपथ ग्रहण कार्यक्रम विगतको जस्तो भव्य हुने छैन । कोरोना भाइरसको संक्रमणको भयका कारण यससम्बन्धी मापदण्डको पालना गर्दै सीमित र अत्यावश्यक पदाधिकारी तथा अतिथिहरुको उपस्थितिमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिदैछ ।
गत जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको हुलदंगाका कारण राजधानी वाशिंटनमा अझै कडा निषेधाज्ञा लागू गरिएको छ । सुरक्षाघेरा मजबूूत पारिएको छ ।
तर विश्वशक्ति राष्ट्र अमेरिकाको शक्तिशाली राष्ट्रपतिको सत्तारोहण कार्यक्रम त्यति निरस पनि हुने छैन । कडा सुरक्षाका बीच आयोजित यो कार्यक्रमलाई अमेरिकाका लोकप्रिय गायक लेडी गागा र जेनिफर लोपेजको कर्णप्रिय गीत र संगीतले सपथ ग्रहण तथा सत्ता हस्तान्तरण र सत्तारोहण कार्यक्रमलाई अविश्मरणीय, रोमाञ्चक र ऐतिहासिक बनाउने तयारी पनि भैरहेको छ ।
आजको सपथ ग्रहणको प्रारम्भिक मन्तव्य ईसटीअनुसार बुधवार बिहान ११ : ३० बजे (नेपाली समयानुसार राति १० : १५ बजे) आरम्भ हुन्छ।
जो बाइडन र कमला ह्यारिसको सपथग्रहण स्थानीय समय अनुसार मध्यदिनमा हुनेछ। अमेरिकी सपथको ढाँचा जम्मा ३५ शब्दको छ । संविधानको रक्षा गर्ने प्रतिबद्धता समेटिएको शपथ लिएपछि जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नुहुनेछ। उहाँलाई अमेरिकी सेनाले सलामी दिने छ । सपथग्रहणको औपचारिक कार्यक्रम सकिएपछि अमेरिकी राष्ट्रपति जो बाइडन राष्ट्रपति भवन ह्वाइट हाउसमा प्रवेश गर्नुहुनेछ र त्यो उहाँको आगामी चार वर्षका लागि निवास हुनेछ।
कमला ह्यारिस पनि शपथ लिनेबित्तिकै उपराष्ट्रपति बन्नुहुनेछ। साधारणतया राष्ट्रपतिभन्दा पहिला उपराष्ट्रपतिले शपथ लिने चलन छ।
अमेरिकामा सत्ता परिवर्तन भएसंग विजेताले सम्पूर्ण प्रशासनमा आफ्ना मान्छे भर्ना गर्न पाउने परम्परा छ । आफ्नो ४ बर्ष कार्यकाल समाप्त भएर अन्तिम संबोधन गरेर राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बिदा लिएपछि उहाँको प्रशासनले नियुक्ति दिएका अधिकांश प्रशासनिक सहायकहरु पनि जिम्मेवारीबाट मुक्त हुँदैछन् ।
जिम्मेवारीबाट निवृत्त हुन लागेका ह्वाइट हाउसका कर्मचारीको अवस्थाका बारेमा बीबीसी ह्वाइट हाउसका रिपोर्टर तारा मक्केल्भीले तयार पार्नुभएको रिपोर्ट :
बुधवार बाइडन प्रशासनले शासन सम्हाल्दै गर्दा ट्रम्प प्रशासनका तन्तुहरू विस्थापित हुनेछन्। कर्मचारीका डेस्कहरू खाली पारिनेछन्, कोठाहरू सफा गरिनेछन् अनि राजनीतिक नियुक्ति पाएका नयाँ समूहमा सदस्यहरूले राष्ट्रपतिको सहयोगीको भूमिका सम्हाल्नेछन्। नयाँ प्रशासनको आगमनले सरकारको केन्द्रमा यसरी व्यापक परिवर्तन ल्याउनेछ।
गत साता एक साँझ ट्रम्प प्रशासनका एक केन्द्रीय अधिकारी एवं नीति सल्लाहकार स्टीभन मिलर वेस्ट विङमा फुर्सदिला भेटिनुभएको थियो।
मिलरले राष्ट्रपति ट्रम्पको प्रारम्भिक दिनदेखि नै भाषणहरू लेख्नुभएको थियो अनि नीतिहरू मस्यौदा गरेका गर्नुभएको थियो। उहाँ राष्ट्रपति ट्रम्पको त्यो सानो समूहमा पर्नुहुन्छ जो चार वर्षदेखि अन्त्यसम्म साथ रह्यो।
भित्तामा अडेस लगाउँदै उहाँ सहकर्मीसँग त्यसै दिन अबेर हुने एउटा बैठकबारे कुरा गर्दै हुनुहुन्थ्यो। उहाँ त्यहाँबाट फर्किने कुनै हतारमा देखिनुभएको थिएन।
सामान्यतया वेस्ट विङ निकै व्यस्त देखिन्छ तर त्यतिखेर लगभग सुनसान थियो। फोनहरू बन्द थिए। रित्ता कार्यालयहरूमा कागजपत्रका चाङ अनि नखोलिएका चिठीपत्रका रास थिए। यस्तो लाग्थ्यो त्यहाँका कर्मचारी हतारमा हिँडेका थिए र अब फर्किनेवाला थिएनन्। ज्यानुअरी ६ को क्यापिटल दङ्गापश्चात् दर्जनौँ वरिष्ठ अधिकारीहरूले कार्यालय छाडेका थिए। मिलरजस्ता थोरै विश्वासपात्रहरू मात्र बाँकी थिए।
जब उहाँको सहकर्मीसँगको वार्तालाप सकियो उहाँ त्यहाँबाट विस्तारै निस्किनुभयो। जब मैले उहाँलाई अब कता जाँदै हुनुहुन्छ भनेर सोधेँ, उहाँ मुस्कुराउनुभयो। ूकार्यालयमा फर्कँदैछु,ू भन्दै उहाँ हलबाट सुस्तरी हिँड्नुभयो।
‘निकै उतारचढाव छ’
बाइडनको शपथको दिन मिलरको कार्यालय कोठा पनि खाली भइसकेको हुनेछ। बाइडनको टोली आउँदा त्यहाँ पहिले उहाँ वा उहाँका कोही सहकर्मी थिए भन्ने कुनै चिह्न बाँकी रहनेछैन।
वेस्ट विङका कार्यालयहरू खाली गर्ने अनि दुई राष्ट्रपतिको आउजाउको कार्य निकै पुरानो परम्पराको एउटा पाटो हो। अनि यो प्रक्रिया सधैँ हार्दिकताले परिपूर्ण पनि हुँदैन।
सन् १८६९ महाभियोग लागेका डेमोक्र्याट राष्ट्रपति एन्ड्रू जनसनले नयाँ राष्ट्रपति युलिसेस एस ग्रान्टलाई स्वागत गर्नुभएन र शपथ कार्यक्रममा पनि सहभागी हुनुभएन। जनसनलाई हटाउने काममा समर्थन जनाउनुभएका ग्रान्टलाई खासै आश्चर्य पनि लागेन।

कर्मचारीहरूले कागजपत्र तथा चित्रहरू ह्वाइट हाउसबाट लैजाँदै
यो वर्षको राष्ट्रपतीय सङ्क्रमण असाधारण रूपमा तिक्ततापूर्ण बनेको छ। सामान्यतया यो प्रक्रिया निर्वाचनलगत्तै सुरु हुने गर्छ। तर ट्रम्पले पराजय अस्वीकार गरेकाले यस पटक यो काम हप्तौँपछि मात्र सुरु हुन सक्यो। अनि राष्ट्रपति ट्रम्पले बाइडनको शपथ कार्यक्रममा भाग नलिने भनिसक्नुभएको छ। सम्भवतः उहाँ ह्वाइट हाउसबाट सोझै फ्लोरिडास्थित मार(आ(लागो क्लब जानुहुनेछ।
तापनि हस्तान्तरणका अन्य कार्य पहिले झैँ हुनेछन्। ूस्थापित प्रणालीले काम गरिरहेको छ,ू प्रिन्सटन विश्वविद्यालयका अमेरिकी इतिहासका प्राध्यापक सन विलेन्चले भन्नुभयो। ूयो निकै उतारचढावपूर्ण बनेको छ। तर पनि सङ्क्रमण सम्पन्न हुनेछ।ू
सामान्य समयमा पनि यो फेरबदलको बन्दोबस्ती निकै जटिल हुन्छ। यसमा ज्ञानको हस्तान्तरणदेखि लिएर कर्मचारीहरूको व्यापक स्तरको परिवर्तन हुने गर्छ।
स्टीभन मिलर करिब ४ हजार जना कर्मचारीमध्ये एक हुनुहुन्छ जसलाई ट्रम्प प्रशासनले नियुक्त गरेको थियो र जो अब बाइडन प्रशासनको आगमनसँगै जागिरबाट विस्थापित हुनुहुनेछ।
वाशिङ्टनस्थित सेन्टर फर प्रेजिडेन्शल ट्रान्जिशनका अनुसार औसतमा डेढदेखि तीन लाख मानिसहरूले यी कामका निम्ति आवेदन दिने गर्छन्। करिब एक हजार एक सय पदका निम्ति सिनेटको अनुमोदन पनि आवश्यक हुन्छ। सबै पदपूर्ति गर्न महिनौँ वा वर्षौँसम्म लाग्छ।
चार वर्षभरिका नीतिपत्रहरू तथा अन्य महत्त्वपूर्ण कागजपत्रहरू राष्ट्रिय अभिलेखालयमा लगिने जहाँ तिनलाई १२ वर्षसम्म गोप्य राखिनेछ ( त्यसका केही अंश सो समयअगावै सार्वजनिक गर्न राष्ट्रपति स्वयंले निर्णय गरेकोमा बाहेक।
महत्त्वपूर्ण दिन
राष्ट्रपतिको रूपमा ट्रम्पको अन्तिम साताको एक साँझ उहाँका प्रेस सचिव केली मक्इनानीको कार्यालयको कोठाको ढोका आंशिक खुला थियो।
मक्इनानी ट्रम्पको कडा प्रतिरक्षा गर्नेमध्ये पर्नुहुन्छ। सधैँ चिटिक्क देखिने उहाँ अस्तव्यस्तताका माझ पनि शान्त रहनुहुन्छ।

केली मकइनानीले ह्वाइट हाउसस्थित आफ्नो कार्यालय खाली गरिसक्नुभयो
उहाँको कार्यालय पनि निकै व्यवस्थित देखिन्छ।
यी अन्तिम दिनहरू सामान्यतया ूनियन्त्रित अस्तव्यस्तता,ूले पूर्ण हुने गरेको केट एन्डरसन ब्राउरले बताउनुभयो। उहाँले ह्वाइट हाउस द रेजिडेन्स नामक किताब लेख्नुभएको छ।
ह्वाइट हाउसका फर्निचरहरू जस्तो कि ओभल अफिसको रिजोलूट डेस्क, अधिकांश कलाकृति, कप प्लेट तथा अन्य सामग्री सरकारी हुन् र त्यहीँ रहन्छन्।
तर हल वे मा टाँगिएका राष्ट्रपतिका चित्रजस्ता र अन्य सामग्री भने झिकिन्छन्।
कैयौँ सामग्री कर्मचारीहरूले झिकेर लगिसकेका छन्। हिलजुत्ता लगाएकी एक महिला कर्मचारीले इस्ट विङबाट प्रथम महिला मेलानिया ट्रम्पका कैयौँ ठूला चित्रहरू झिकेर लग्दै हुनुहुन्थ्यो। निकै ठूलो आकारका जम्बो भनिने ती चित्रहरू राष्ट्रिय अभिलेखालयमा लैजान लागिएको उहाँले बताउनुभयो।
लुगाफाटा, गरगहना जस्ता ट्रम्प परिवारका व्यक्तिगत सामानहरू भने उहाँहरूको नयाँ निवासमा लगिनेछन् ( सम्भवत फ्लोरिडाको मार(आ(लागोमा।
अनि यो वर्ष यो सम्पूर्ण परिसर निकै घोटेर सफा गरिनेछ।

ओभल अफिसमा डोनल्ड ट्रम्प : राष्ट्रपति बाइडनले ओभल अफिसमा नयाँ सजावट गर्ने ठानिएको छ
विगत केही महिनामा राष्ट्रपति लगायत मिलर अनि ह्वाइट हाउसमा कार्यरत दर्जनौँ व्यक्तिहरू कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो। यो ६ तले भवन र यसका १ सय ३२ कोठाहरूमा निकै सरसफाइ गरिनेछ। यी बन्दोबस्तीका निम्ति जिम्मेवार सङ्घीय निकाय जेनरल सर्भिसेज एडमिनिस्ट्रेशनकी एक प्रवक्ताका अनुसार भर्याङका रेलिङदेखि लिएर लिफ्टका बटनसम्म पुछपाछ र स्यानिटाइज गरिनेछन्।
ह्वाइट हाउस आउने नयाँ परिवारले आफ्ना किसिमका सजावट गर्ने गर्छन्। आफू आएको केही दिनमै ट्रम्पले ओभल अफिसमा एक लोकप्रियतावादी राष्ट्रपति एन्ड्रू ज्याकसनको फोटो टाँग्नुभएको थियो । उहाँले पर्दा सफा तथा सोफा फेर्न लगाउनुको साथै र सुनौलो रङ्गको दरी ओछ्याउन लगाउनुभएको थियो।
शपथको दिन उपराष्ट्रपति पेन्स र उहाँकी श्रीमतीले कमला ह्यारिस तथा उहाँका श्रीमान डग एम्हफका निम्ति आफ्नो भवन खाली गर्नुहुनेछ। उहाँहरू ह्वाइट हाउसभन्दा केही माइल पर रहेको नेभल अब्जर्भेटरी परिसरस्थित १९औँ शताब्दीमा निर्मित सरकारी भवनमा रहनुहुनेछ।
एउटा कालखण्डको समापन
नीति सल्लाहकार स्टीभन मिलर हतारमा नभए पनि अरूले भने हतारहतार कार्यालय खाली गरे। ‘यो मेरो यहाँ अन्तिम दिन हो’,एक पुरुषले भन्दै हुनुहुन्प्थ्यो। उहाँले नर्थ लनमा आफ्ना छोरोहरूको फोटो खिच्नुभयो । उहाँको काँधमा झोला भिरिएको थियो।

फोटो खिच्दै एक पुरुष
नेश्नल सेक्युरिटीका केही अधिकारीहरूले वेस्ट विङअगाडि उभिएर मलाई फोटो खिचिदिन भन्नुभयो।
‘मरीन गार्ड पनि देखियोस् है’, एक जनाले भन्नुभयो। उहाँको सङ्केत ओभल अफिसमा राष्ट्रपति रहेको जनाउनेगरी त्यहाँको ढोकामा उभिएर रहने मरीन गार्ड पनि तस्बिरमा देखियोस् भन्ने थियो। ती अधिकारीहरू हल्का रमाइलो र ठट्टा गर्दै हुनुुहुन्थ्यो।
ह्वाइट हाउसका यी राजनीति नियुक्तिप्राप्त कर्मचारीहरू हँसिलो मुद्रामा देखिन्थे किनभने हप्तौँदेखिको अन्योलमा सकिएको थियो । उनीहरूका हाकिमले निर्वाचनको वैधतामाथि चुनौती दिइरहेको भए पनि उनीहरूलाई आफ्नो कार्यकाल सकिन लागेको आभास भइहेको थियो। अब भने बल्ल उनीहरूले ढुक्कसाथ आफ्नो आगामी भविष्यबारे सोच्न सक्नेछन्।
एक पुरुषले त योजना बनाइसकेको जस्तो देखिन्थ्यो। परिसरमा अर्का मित्रसँग जम्काभेट हुनेबित्तिकै उहाँले अब सङ्क्रमणपश्चात् भेटघाट गर्ने बताउनुभयो। तर कहाँ भेट्ने भन्नेबारे कुरा भयो। ‘सायद ग्रीक आयल्समा वा अन्य कतै भेट होला।’
‘हो, हो। पक्का’, उहाँका मित्रले हाँस्दै जबाफ फर्काउनुभयो। अभिवादन गर्दै उहाँहरू सबै आफ्नो बाटो लाग्नुभयो।


















