कीर्तिपुर(काठमाडौं), ११ माघ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले २ नं प्रदेशलाई ३ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
तर यस अघिनै तीनवटा खेलमा पराजित हुँदै सेमीफाइनल रेसबाट बाहिरिएको सुदूरपश्चिमका लागि यो सान्त्वना जित मात्र सावित भयो भने यो पराजयसंगै प्रदेश २ पनि लगातार तेश्रो हार ब्यहोरेपछि सेमिफाइनल पुग्न असमर्थ हुन गयो । यद्यपि प्रदेश २ ले एक खेल अझै खेल्न बाँकी छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रदेश २ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ७ विकेट गुमाएर ३३ ओभरमा पूरा गरेको थियो।
सुदूरपश्चिमको लागि संजु दमाईले सर्वाधिक ५७ रन बनाए जुन क्रम मा ३५ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै खडक बोहराले ४३ रन, गजेन्द्र बोहराले ३९ रन तथा अरुण ऐरीले १९ रन बनाए।
सुदूरपश्चिमलाई रोक्नेक्रममा प्रदेश २ को बलिंगमा कुमार थापाले सर्वाधिक ३ विकेट लिए। हरिशंकर शाहले २ तथा, बिबेक यादब र रभी शाहले १ । १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश(२ ले ४२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो।
प्रदेश २ को लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ६० रन बनाए जुन क्रममा ७३ बलमा ९ चौका प्रहार गरे। यस्तै बिबेक यादवले ४१, महबुब आलमले २३ रन योगदान दिए।
सुदूरपश्चिम प्रदेशको बलिंगमा शेर मल्ल र नरेन्द्र साउदले समान ३ विकेट लिए। अरुण ऐरीले २ विकेट लिए भने भोजराज भट्ट र हेमन्त धामीले समान १ विकेट हात पारे।


















