Prakash Adhikari January 27, 2021

काठमाडौं, १४ माघ । बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं. ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

छविसपाथिभेरा—३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कने क्रममा हिजो मंगलबार साँझ उहाँलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

नेपाली कांग्रेसले एक विज्ञप्ति प्रकाशित गर्दै यस घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । घटनामा संलग्न आक्रमणकारीहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।

सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय भएको उल्लेख गर्दै नेपाली कांग्रेसले पछिल्लो समय नेकपाका कार्यकर्ताहरुले कांग्रेस÷कार्यकर्ताहरुमाथि शारीरिक आक्रमण थालेको बताएको छ ।

नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकार माथि नेकपाका कार्यकर्ताहरुले दिएको खुलेआम चुनौतीलाई गम्भीरतासाथ लिंदै कांग्रेसले भविष्यमा यस्ता घटनाहरु पुनः नदोहो¥याउन नेपाल कम्युनिष्ट पार्टीलाई चेतावनी दिएको छ ।

कांग्रेसले नेकपालाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गरेको छ ।

Share Now

Leave a comment.