काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड(माधव समूहले आज घोषणा गरेको आम हड्तालको क्रममा विहानै ट्रयाक्सीमा आगजनी भएको छ भने बन्द गराउन हिंडेका नेता र कार्यकर्ताहरु पक्राउ परेका छन् ।
नेकपा प्रचण्ड नेपाल समूहमा रहेका केन्द्रीय सदस्य विष्णु रिजालले केन्द्रीय सदस्य अष्टलक्ष्मी शाक्यसहित नेता र थुप्रै कार्यकर्ताहरु घरपकडमा पर्नुभएको जनाउनुभएको छ ।
https://twitter.com/bishnurijal1/status/1357139859903819784
आम हड्ताल सफल बनाउने क्रममा सवारी साधन बन्द गराउन निस्केका नेकपा प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
गृहमन्त्रालयले हड्तालमा प्रभावहिन बनाउन सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको थियो । तर व्यक्तिगत सम्पत्तिमा क्षति पुग्ने भयले सार्वजनिक सवारी सञ्चालकहरुले यातायातका साधनहरु निकालेका छैनन् भने निजी सवारी साधनहरु पनि निस्केका छैनन् । मुख्य सडकहरु सुनसान छन् ।
झन्डै भएका मुख्यमन्त्री 🤣 https://t.co/0VjnMGpquQ
— नेपालको काजी (@hetaudakaaji) February 4, 2021
संभावित तोडफोड र आगजनीलाई रोक्न सरकारले बिहानै देखि सुरक्षाकर्मी परिचालन गरेको छ । जाडो भएकोले सडकमा टायर बालेर आगो पनि ताप्ने र सवारी आवागमन पनि निषेध गर्ने उद्देश्यले ठाँउठाँउमा भएका प्रदर्शनमा कार्यकर्ता र प्रहरीबीच झड्प भएको खबर छ ।
पार्टी केन्द्रीय सदस्य तथा युवा संगठनका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले सामाखुसीबाट बिहान ६ बजे अगावै युवा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ ।
Bandh enforcement at Pulchok crossing 7:35 am. pic.twitter.com/iz5ESEQ5Hw
— Kanak Mani Dixit (@KanakManiDixit) February 4, 2021
संविधानको मर्म विपरीत अध्यादेश ल्याएर आफ्ना अन्धभक्तहरुलाई संवैधानिक निकायका पदाधिकारीमा नियुक्ति गर्न सिफारिस गरेको र संविधानले व्यवस्था गरेको संसदीय सुनवाईलाई छलेर विभिन्न भ्रष्टाचारको काण्डमा मुछिएका व्यक्तिहरुलाई राष्ट्रपतिबाट नियुक्ति गरि सपथ ग्रहण गराएर पदस्थापना गरिएकोले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध उभिएको नेकपाको प्रचण्ड नेपाल समूहले बुधबार आकस्मिक रुपमा हड्ताल घोषणा गरेको थियो । आजको बन्दलाई सफल बनाउन प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले बुधबार बेलुका मशाल जुलुुस पनि आयोजना गरेका थिए ।
प्रधानमन्त्री के.पी.ओली समूहले राज्यसंयन्त्रको दुरुपयोग गर्दै देशभरबाट कार्यकर्ता राजधानीमा उतारेर शुक्रबार शक्ति प्रदर्शन गर्ने भएकोले बाहिरी जिल्लाबाट आउने कार्यकर्तालाई रोक्न पनि प्रचण्ड नेपाल समूहले हड्ताल गरेको हो । दैनिक काम गरेर खानुपर्ने वर्गलाई अप्ठ्यारोमा पार्ने गरी नेपाल बन्दको घोषणा गरिएकोमा बौद्धिक समुदायले भने प्रचण्ड नेपाल समूहको चर्को आलोचना पनि गरिरहेको छ ।








