काठमाडौँ,२१ माघ । नेपाली सेनाले सैन्य र प्राविधिक सेवा गरी एकैपटक १हजार ७ सय ४१ जनशक्ति माग गरेको छ।
नेपाली सेनाले सैन्यतर्फ १ हजार ५ सय ८० र प्राविधिकतर्फ १ सय ६१ जनशक्ति आह्वान गरेको हो।
पदपूर्ति खुला तथा समावेशी रुपमा हुने जनाइएको छ ।
सैन्यतर्फ जंगी अड्डा, तथा सबै पृतना र बाहिनीका लागि छुट्टाछुट्टै पदपूर्तिको सूचना निकालिएको छ।
जंगी अड्डामा खुला तथा समावेशी गरी २ सय सैन्य माग गरिएको छ।
यस्तै, सहायक पण्डित, अमल्दार कर्मचारी, ड्राइभर, सुचिकार, कुचिकार सिकर्मी लगायतका प्राविधिक दरबन्दीमा जनशक्ति माग गरेको छ।
आवेदकले जंगी अड्डा तथा अन्य विज्ञापन भएका भर्ना केन्द्रहरुमा आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकहरुले माघ २१ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त बुझाइसक्नु पर्नेछ ।