Prakash Adhikari February 6, 2021

 

काठमाडौं, २४ माघ । विश्वकप लिग २ अन्तरगत आगामी मार्च १९ देखि ओमानमा खेलिने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक श्रृखलाको लागि आजदेखि बन्द प्रशिक्षण हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दै ३२ सदस्यीय प्रारम्भिक नेपाली टिमको घोषणा गरेको छ।

टिममा भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटिएको छ ।

प्रधानमन्त्रीकपमा उत्कृष्ट ब्याट्सम्यान चुनिएका पृथु बास्कोटासहित ब्याट्सम्यानहरु हरिशंकर शाह, बिबेक यादब, ब्याट्सम्यान खड्गबहादुर बोहरा र अर्जुन कुमाल तथा फास्ट बलर रामनरेश गिरि ,अनुज चुनारा र सौरभ खनाल तथा अलराउण्डर कृष्ण कार्कीले टिममा स्थान बनाएका छन् ।

यस्तै फास्ट बलर बिक्रम सोब, अलराउण्डर राजेश पुलामी, ब्याट्सम्यान रोहित पौडेल, देब्रे हातेस्पिनरद्वय सुशन भारी र शाहब आलम पनि टिममा समेटिएका छन्। ब्याट्सम्यान सुनिल धमला र कुशल भुर्तेल, अलराउण्डर पवन सर्राफ तथा देब्रे हाते स्पिनर ललित राजबंशी ,ब्याट्सम्यान सन्दीप जोरा र आसिफ शेख, फास्ट बलर कमल सिंह ऐरी पनि टिममा छुटेका छैनन्।

अनुभवी राष्ट्रिय क्रिकेटर बसन्त रेग्मीलाई भने ३२ सदस्यीय प्रारम्भिक टिममा राखिएको छैन । उनी प्रधानमन्त्री कपको प्रतियोगितामा घाइते हुँदा अन्तिम २ खेलमा खेल्न असमर्थ भएका थिए ।

३२ सदस्यीय प्रारम्भिक टोलीका सदस्यहरु

१) ज्ञानेन्द्र मल्ल, २) पारस खड्का, ३) बिनोद भण्डारी, ४) सन्दीप लामिछाने, ५) करन केसी, ६)कुशल मल्ल, ७) सोमपाल कामी, ८) दिपेन्द्र सिंह ऐरी, ९)अविनाश बोहरा, १०_ शरद भेसावकर , ११) पवन सर्राफ, १२) अनुज चुनारा , १३)खडग बहादुर बोहरा, १४) कृष्ण कार्की, १५) अर्जुन कुमाल, १६_राम नरेश गिरि, १७) बिबेक यादव, १८)हरि शंकर शाह, १९) ललित राजबंशी, २०) कुशल भुर्तेल, २१) सुनिल धमला, २२) आसिफ शेख, २३) कमल सिंह ऐरी, २४) सन्दिप जोरा, २५) शाहब आलम, २६)सुशन भारि, २७) रोहित पौडेल, २८) राजेश पुलामी, २९) बिक्रम सोब, ३०) सौरभ खनाल, ३१) पृथु बास्कोटा, ३२) आरिफ शेख

क्यानले पहिलो चरणमा कप्तान ज्ञानेन्द्र मल्लसहित, पारस खड्का बिनोद रेग्मी, सन्दीप लामिछाने, करण के.सी, कुशल मल्ल, सोमपाल कामी, दीपेन्द्र सिह ऐरी, आरिफ शेख, अविनाश बोहोरा र शरद भेसवाकरलाई बन्द प्रशिक्षणमा समाबेश गर्नेछैन। यी बाहेकका खेलाडीहरुलाई माघ २४ देखि बन्द प्रशिक्षणमा राखिनेछ।

 

Share Now

Leave a comment.