Prakash Adhikari February 7, 2021

काठमाडौं, २५ माघ। नेपाल इन्भेष्टमेन्ट बैंकले शिशिर ऋतुमा के टु हिमाल आरोहण गर्ने नेपाली टोलीलाई सम्मान गरेको छ।

बैंकमा आयोजित एक विशेष कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सफल आरोहण गर्ने नेपाली आरोही टोलीलाई १० लाख रुपैयाँको चेक प्रदान गर्नुभएको छ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कठोर हिमाल मानिने के टुको सफल आरोहण गरेर किर्तीमान कायम गरेको टोलीलाई सम्मान गरेको जनाएको छ।

आफ्ना ग्राहकहरुलाई विश्वमा उपलब्ध वित्तीय उपकरणहरु सहज रुपमा उपलब्ध गराएर सहज रुपमा बैंकिड. सेवा दिंदै आएको इन्भेष्टमेण्ट बैंकले नेपालको कला,संस्कृति,सम्पदा संरक्षण र प्रतिभाशाली नेपालीहरुको व्यक्तित्व विकासमा पनि सघाउदै आएको छ ।

इन्भेष्टमेण्ट बैंकले आफ्ना ८३ शाखा, १ सय २८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरु, १० राजस्व संकलन काउन्टरका साथै ५९ शाखारहित बैकिङ काउन्टरमार्फत देशभरका आफ्ना ग्राहकहरुलाई बित्तीय सेवा दिँदै आएको छ।

Share Now

Leave a comment.