नापि ता ओ (म्यानमार), २७ माघ(बीबीसी) । म्यान्मारमा सोमवार राति कर्फ्यु घोषणा तथा पाँच जनाभन्दा धेरै एकै ठाउँमा भेला हुन नपाउने गरी सैनिक सरकारले लागु गरेको निषेधाज्ञाको राजधानी नापि ता ओ र प्रमुख व्यापारिक सहर याङ्गुन, मान्डलेसहित देशभरका प्रमुख सहरमा अवज्ञा भएको छ।
Send Myanmar Humanitarian Aid NOW. @UN @BBCWorld #WhatsHappeningInMyanmar #Feb9Coup https://t.co/RgaLHnjrvj
— MyaHninn (@MyaHninn) February 9, 2021
राजधानी नापि ता ओ र प्रमुख सहर मान्डलेमा भएका शान्तिपूर्ण विरोध प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएका छन् । नापि ता ओमा सुरक्षाकर्मीको गोली लागेर एक युवा र एक युवती घाइते भएका छन् । गोली लागेर अचेत भएकी युवतीलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ भने युवकलाई अपरेशन रुपमा लगिएको छ ।
https://twitter.com/MTDK_1561995/status/1359085641552654337
हजारौँको सङ्ख्यामा म्यान्मारवासीहरू सडकमा उत्रेर सैनिक शासनको विरोध गरेका छन् र नेतृ आङ सान सू चीसहित सैनिक नियन्त्रणमा रहेका सबैको रिहाइको माग गरिरहेका छन्।
38 73 street In Mandalay Peaceful protests were violently broken up @BBC_HaveYourSay @UN #WhatsHappeningInMyanmar #Feb9Coup pic.twitter.com/jmPp7A0S2Z
— Yay Kyi Aye (@JerryTop6) February 9, 2021
सोमवार अपराह्नसम्म १ सय ३४ जना सैनिक नियन्त्रणमा रहेको भनिएता पनि सोमवार साँझदेखि मङ्गलवार अपराह्नसम्म पनि गिरफ्तारी जारी रहेकाले थप अधिकारकर्मी, नेता र प्रदर्शनकारी प्रहरी नियन्त्रणमा पुगेको प्रमुख पार्टी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी)ले जनाएको छ।
गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले ८३ प्रतिशत मत ल्याए पनि सेनाले त्यो चुनावमा अनियमितता भएको भन्दै स्वीकार नगर्ने बताएको छ।
https://twitter.com/Berry_bbh_88/status/1359141204156375043
सैनिक प्रमुख मीन आङ लाइङले सोमवार राति सैनिक टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै देशलाई सही मार्गमा लग्न सेनाले संविधान अनुसारै शासनभार ग्रहण गरेको बताउदै यसलाईसमर्थन गर्न सबैसंग आव्हान गर्नुभएको थियो।
उहाँले नोभेम्बरमा भएको चुनावमा भएका धाँधली र अनियमितताको छानबिन गरिने बतानुभयो।
त्यस्तै एक वर्षमा चुनाव गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिने आश्वासन पनि उहाँले दिनुभएको थियो।
म्यानमारमा भइरहेका विरोध प्रदर्शनमा युवाहरूको ठूलो सहभागिता छ।

याङ्गुन : म्यान्मारमा मङ्गलवार पनि प्रदर्शनहरू भएका छन्
सैनिक शासनको नागरिक अवज्ञा पनि शुरू भएको छ।
चिकित्सकहरूले शुरू गरेको नागरिक अवज्ञामा मन्त्रालय र विभागका हजारौं कर्मचारीले सहभागिता जनाएका छन्।
उनीहरूले काममा नजाने भनेका छन्।
TW:shot gum,blood,death
That Police uses real bullets and shot 7 times. One of the female student who get shot is dead in Hospital now.@BBCWorld @UN #WhatHappeningInMyanmar #Feb9Coup pic.twitter.com/7AP5xUf3Ia— Aye Ei Nyein (@AyeEiNyein5) February 9, 2021
प्रदर्शनमा सहभागी : म्यानमारमा मङ्गलवारको प्रदर्शनमा सहभागी नागरिकहरू
सरकारी सञ्चारमाध्यममा काम गर्ने केही सञ्चारकर्मीले पनि स्वेच्छाले काममा नजाने बताएका छन्।
नागरिक अवज्ञा अन्तर्गत काममा नजानेहरूलाई सरकारले जागिरबाट निकाले तिनलाई आर्थिक सहयोग गर्नका लागि कोषको व्यवस्था गरिएको छ।
कोषमा करोडौँ रुपैयाँ जम्मा भइसकेको अधिकारकर्मीले बताएका छन्।
मङ्गलवारको राजधानीमा भएको प्रदर्शनमा एक प्रहरी अधिकारी नागरिक अवज्ञा गर्दै प्रदर्शनकारीसँग मिल्न गएका छन्।

फेब्रुअरी ८ मा भएको प्रदर्शन
सैन्य मुख्यालय अगाडिको विरोधमा प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरिरहेको बेला उनले आफू प्रजातन्त्रका लागि प्रदर्शनकारीसँग मिलेको बताए।
पानीका फोहराले लागी घाइते भएकाहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
याङ्गुनमा विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले युनिभर्सिटी एवेन्यू रोडमा रहेको अमेरिकी दूतावासको अगाडि सैनिक सरकारको विरोधमा प्रदर्शन गरिरहेका छन्।

फेब्रुअरी ८ तारिखमा भएको प्रदर्शन
यस्तै काचिन प्रदेशको माईटकीइनामा मङ्गलवार बिहान केही घण्टासम्म सैनिकले विरोध जुलुस रोकेका थिए।
तर जुलुसमा सहभागी बढ्दै गएपछि सेना पछि हटे।
प्रदर्शनकारीले नेतृ आङ सान सू चीसहित अन्य बन्दीलाई रिहा गर्न माग गरिरहेका छन्।
म्यानमारस्थित अमेरिकी दुतावासले आङ सान सू चीसँग भेट्न गरेको अनुरोधलाई सैनिक सरकारले अस्वीकार गरेको छ।
(म्यानमारस्थित एक नेपाली पत्रकारले पठाएको प्रत्यक्ष अनुभवमा आधारित रिपोर्ट)


















