नापि ता ओ(म्यानमार), २८ माघ । म्यान्मारमा सेनाले शासन आफ्नो हातमा लिएपछि सुरु भएको प्रदर्शनमा मंगलबार राजधानी नापि ता ओ मा प्रहरीको गोली लागेर गम्भीर अवस्थामा पुगेकी एक २० बर्षीय युवतीको मृत्यु भएको प्रदर्शनकारीहरुले बताएका छन् । तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।
मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा एकाएक पानीको फोहरा र बल प्रयोग गरेको थियो । राजधानी नापि ता ओ र मण्डालेमा प्रहरीले गोली प्रहार गरेको थियो । नापि ता ओमा भएको गोली प्रहारबाट थप दुई जना घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।
गत साता सैन्य कू भएपछि त्यसको विरोधमा दशौँ हजार मानिसहरूले विरोध गरिरहेका छन्।
बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको छ। राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन्।
People peacefully protesting in front of Japan embassy in Yangon.
Yesterday, 20-year old girl passed away and 2 protestors with several wound injuries in NayPyiDaw.
JUNTA VIOLENCE#WhatsHappeningInMyanmar #CrimesAgainstHumanity #Feb10Coup @BBC_HaveYourSay @Reuters @cnnbrk pic.twitter.com/kJ1B8Z21HK— Su Thi (@sarahxxthi) February 10, 2021
बुधबार विहानै प्रदर्शकारीहरुले संयुक्त राष्ट्र संघको कार्यालय र जापानी राजदूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
Demonstrators sitting in inflatable pools hold placards during a protest against the military coup outside the Japanese Embassy in Yangon, Myanmar, 10 February 2021. Photos: EPA pic.twitter.com/s91dT8aFIo
— Mizzima News (@MizzimaNews) February 10, 2021
Today in Myanmar 👏
The smart generation Z peacefully protesting against Military Coup at the front of UN office in Myanmar.
We fight for democracy.#Feb10Coup #WhatsHappeningInMyanmar pic.twitter.com/f3yL5Xnljo— Cora (@Cora222K) February 10, 2021
सामाजिक सञ्जालहरुमा हाम्रो मतको आदार गर , हाम्रा लोकप्रिय नेतालाई रिहाइ गर, हामी सैनिक तानाशाही हैन जनताको निर्वाचित सरकारले चलाएको लोकतान्त्रिका शासन चाहन्छौ भन्ने नारासहितका पोष्टहरु देखिएका छन् ।
प्रदर्शनमा वकिल,इञ्जिनियर,कलाकार,खेलाडी,सुन्दरी र सिर्जनाकर्मीहरु लगायतका पेशागतकर्मीहरु पनि उत्रिएका छन् । आज पनि प्रहरीले पानीको फोहोराले प्रदर्शनकारीलाई तितरवितर गर्ने प्रयास गरेको खबरहरु प्राप्त भएका छन् ।
https://twitter.com/nanttharkhim/status/1359382475445706753
https://twitter.com/ttrsyt/status/1359384667426807809
गत नोभेम्बरमा भएको निर्वाचनमा संसदका ४ सय ७६ सीट मध्ये ३ सय ९६ सीटमा लोकतन्त्रवादी नेत्री आड. शान सु चीले नेतृत्व गर्नुभएको नेशनल लिग फर डेमोक्रेसी(एनएलडी) ले विजय हासिल गरेको थियो ।
यो निर्वाचनमा सु चीको दलको पकड खस्कने र आफ्नो समर्थन प्राप्त यूनियन सोलिडरिटी एण्ड डेमोक्रेटिक पार्टीले निर्णायक स्थानमा विजय हासिल गर्ने विश्वास गरेको सैनिक नेतृत्वले उसको समर्थन पाएको दल जम्मा ३३ सीटमा सीमित भएपछि निर्वाचनको परिणामलाई लिएर सत्ता हस्तान्तरणमा ब्यवधान उत्पन्न गराउदै आएको थियो ।
निर्वाचनमा लोकतान्त्रिक शक्तिप्रति जनताको बढी विश्वास देखिएर राँकिएको सेनाले गत फेब्रुअरी १ मा एनएलडीकी नेत्री सु ची वहालवाला राष्ट्रपति विन मिन्टलाई गिरफतार गरी सत्ता हातमा लिएको थियो ।
सेनाले मंगलबार नेत्री आङ सान सू चीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तहसनहस पारिदिएको दाबी उक्त दलले गरेको छ।
JUNTA VIOLENCE
Creation Is POWER!!
Power Is STRENGTH
Hear The Voice Of Myanmar #Feb10Coup #WhatsHappeningInMyanmar pic.twitter.com/bFsIKmnRhg— Save Myanmar🇲🇲 (@KhaingKim) February 10, 2021
https://twitter.com/MyatmonsoeW/status/1359386555488604160
https://twitter.com/callmethwelt/status/1359366581696876547
मङ्गलवार राति सुरक्षाकर्मीहरू उक्त कार्यालयको ढोको फोरेर भित्र छिरेको जानकारी बीबीसी बर्मिजले प्राप्त गरेको छ। त्यतिबेला कार्यालयमा पार्टीका कुनै कार्यकर्ता थिएनन्।
सेनाले रात्रिकालीन कर्फ्यूका बेला छापा मारेको थियो। अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभरि निशेधाज्ञा लागु गरिएको छ।
नागरिक सरकारलाई अपदस्थ गरेर सत्ता आफ्नो हातमा लिएका सैनिक जनरल मिन आङ लाङले सोमबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै आफ्नो सरकारलाई साथ दिन आग्रह गर्नुभएको थियो । उहाँले नोभेम्बरमा भएका निर्वाचनमा धाँधली भएकोले अब एक बर्षमा निश्पक्ष निर्वाचन गरेर निर्वाचित सरकारलाई शासनभार सुम्पने पनि आश्वासन दिनुभएका थियो ।
सत्ता हातमा लिएको सैनिक नेतृत्वले एक बर्ष देशमा संकटकाल लागु गरेको छ । सैनिक सरकारले लगाएको निषेधाज्ञाका बावजुद तीन दिनसम्म शान्तिपूर्ण प्रदर्शन गरेका प्रजातन्त्रप्रेमी बर्मेली नागरिकहरु मंगलबार एकाएका बलप्रयोग गर्दै गोली हान्न थालिएपछि आक्रोशित र चिन्तित पनि बन्न पुगेका छन् ।
Today at Inle,Shan State of Myanmar, the InThars are protesting in Inle Lake. This is such a amazing visual ✊🏻❤️🇲🇲 #Feb10Coup #WhatsHappeningInMyanmar pic.twitter.com/Mvz0EZIBUN
— isa벨 ⁷🐯🐻 (@kimyl_isabelle) February 10, 2021


















