Prakash Adhikari February 4, 2018

काठमाडौं, २१ माघ । नेपालमा लगानीको संंभावना अध्ययन गर्न आएको चिनीयाँ उद्यमी र नेपाली उद्यमी बीच नेपाल उद्योग महासंघ सचिवालयमा आइतबार व्यावसायिक भेटवार्ता सम्पन्न भएको छ ।

ग्वाङ्गजाओस्थित नेपाली महावाणिज्यदूत रवि भट्टराईको समन्वयमा चीनबाट व्यावसायिक भेटवार्ताका लागि नेपाल आएको ६ सदस्यीय प्रतिनिधिमण्डललाई महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वागत गरेका थिए ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा रहेका सम्भावनाहरूको खोजी गरी सहकार्यको हात अगाडि बढाउन नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डललाई नेपालको लगानीका क्षेत्रहरूका बारेमा जानकारी गराए ।

उनले नेपालमा स्थानीय, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न भैसकेको जानकारी गराउदै अव मुलुकमा राजनैतिक स्थिरता हुनुका साथै लगानीको वातावरण अझ प्रभावकारी हुने बताए ।

ृउनले नेपालमा यस अघि पनि धेरै चिनियाँ कम्पनीहरूको लगानी रहेको र नेपाल एक व्यवसायिक नाफा कमाउन सकिने मुलुकको रूपमा स्थापित भैसकेको बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहित विभिन्न वस्तुगत क्षेत्रका प्रतिनिधि एवं व्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपाल र चीनका लगानीकर्ताहरू, रियल स्टेट , कृषि , सौर्य उर्जा एवं पूर्वाधार निमार्णसँग सम्बन्धित व्यावसायीसंग भएको व्यापारिक भेटवार्ताअत्यन्त सकारात्मक रहेको बताए ।

सो अवसरमा महावाणिज्यदूत रवि भट्टराईले नेपाल लगानीको लागि उत्तम देश भएको र यहाँ लगानी गर्नेहरूले सफलता हासिल गर्न सक्ने विचार व्यक्त गरे ।
उनले नेपालीहरू पनि चीनमा आफ्नो व्यापाररव्यवसाय विस्तार गर्न ईच्छुक रहेको समेत जानकारी गराए ।

कार्यक्रममा चिनीयाँ प्रतिनिधिहरुले नेपालमा धेरै क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सकिने संभावना देखिएकोले आफूहरू लगानी गर्न इच्छुक रहेको बताएका थिए ।

Share Now

Leave a comment.