काठमाडौं, २९ माघ ।राज्यविरुद्धको कसूरमा बिहिबार दिउँसो पक्राउ पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले साँझ रिहाई गरेको छ ।
उहाँलाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताउनुभएको छ ।
उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्धमा कडा अभिव्यक्ति दिएकोले सोको बारेमा जानकारी दिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुखले बिहान कार्यालयमा बोलाउनुभएको थियो ।
*राज्य विरूद्धका कसुर अन्तर्गत मुलुकी अपराध संहिता २०७४ दफा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु।
सबै साथिहरूले धैर्य गर्नुहोला।
यो अन्तिम लडाई हो।— Ram kumari Jhakri (@Jhakri_didi) February 11, 2021
नेतृ झाँक्रीले राजनीतिक विषयमा अभिब्यक्ति दिएकोले आफूलाई पक्राउ गर्ने भए पक्राउ पूर्जी चाहिने जानकारी गराएपछि प्रहरीले उहाँलाई राज्यविरुद्धको अपराधको कसूरको लगाउदै पक्राउ पूर्जी जारी गरेर उहाँको शंखमूलस्थित निवासबाट पक्राउ गरेको थियो ।
उहाँलाई पक्राउ गर्ने जानकारी पाएपछि नेपाल कम्युनिष्ट पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको प्रतिनिधित्व गर्ने प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले पक्राउको विरोधमा नारा जुलुस गरेका थिए ।
नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेर मिनभवनस्थित अपराध अनुसन्धान महाशाखाको हिराशतमा राखेको थियो ।
नेतृ झाँक्रीको पक्राउपछि नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समर्थक अनेरास्ववियूले गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीसंंग झडप पनि भएको थियो । नेतृ झाँक्री अनेरास्ववियूको पूर्व अध्यक्ष तथा पहिलो महिला अध्यक्ष हुनुहुन्छ ।
बोल्नुस् दिदी बोल्न पाइन्छ! ओली र तिनका साईबर स्याल हरु लाई भुक्न दिनुस्, लाखौं नेपाली जनता तपाईंको साथमा छ। हाम्रो आवाज बनेर बोलिदिनू भएकोमा धेरै धेरै धन्यवाद !@Jhakri_didi ✊✊ pic.twitter.com/S3oqD4HaDU
— शिव रतन (@ShivRatanShah) February 10, 2021
उहाँको पक्राउ पछि सामाजिक सञ्जालमा सरकारले अभिव्यक्तिको स्वतन्त्रता हनन गरेर निरंकुशतन्त्रलाई प्रश्रय दिएको आरोप लगाएका अभिव्यक्तिहरु सार्वजनिक भएका थिए ।
झाँक्रीलाई प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो ।
झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको बताउदै आउनुभएको थियो ।


















