Prakash Adhikari February 14, 2021

 

काठमाडौँ, २ फागुन । प्रणय दिवसको अवसर पारेर रोशनी कार्की र सञ्जय बिकको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको शब्दमा रहेको ‘नरहे यो जिन्दगी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो।

यस गीतमा स्वर गंगा गजमेरको रहेको छ भने मानसी किरणको संगीत र संगीत संयोजन रहेको छ। प्रेमिल शैलीको भिडियोलाई दिनेश पराजुलीले छायांकन गर्नुभएको हो।
भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई उत्तर राना मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो।

गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायिका गजमेरले ‘स्वरादि’ गीति संग्रह, ‘फूलसरी माया फुल्यो’, ‘माया मोहनी’ लगायत थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक गरिसक्नुभएको छ।

 

Share Now

Leave a comment.