Prakash Adhikari February 14, 2021

 

काठमाडौं, २ फागुन । निर्वाचन आयोगले वैशाख १७ र २७ का लागि घोषणा गरिएको निर्वाचनको लागि आचारसंहिताबारे छलफल गर्न आज आइतबार आयोगमा दर्ताभएका सबै दलका प्रतिनिधिलाई बोलाएको छ।

दलका प्रतिनिधिलाईहरुलाई छलफलका लागि बिहान ११ बजे बोलाइएको आयोगले जनाएको छ।

आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा राय सुझाव लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुवै समूहका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सबै दलका अध्यक्ष
सभापतिलाई बोलाइएको छ।

दलका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गरेपछि आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने बताएको छ।

प्रतिनिधि सभा विघटनको कार्य असंवैधानिक भन्दै नेकपाकै प्रचण्ड–नेपाल समूहले पुनस्थापनाको लागि सर्वोच्च अदालतमा रिट निवेदन दिनुको साथे जनदबाब सिर्जना गर्न चरणबद्ध आन्दोलन गरिरहेको छ भने नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीपनि सो कदम सच्च्याउन पर्ने माग गर्दै चरणबद्ध आन्दोलनमा रहेका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते चुनाव गराउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले सोही दिन प्रतिनिधिसभाको विघटन र चुनावको मिति घोषणा गर्नुभएको थियो ।

त्यसयता सरकारको नेतृत्व गर्नुहुने प्रधानमन्त्री ओलीको समर्थनमा रहेका नेपाल कम्युनिष्ट पार्टीका एक झुण्ड बाहेका देशका लगभग सबै दल, नागरिक समाज समेत संसद पुनस्थापनाका लागि आन्दोलित छन् भने प्रतिनिधि सभा विघटनको कार्य बदर गर्दै पुनस्थापना गर्न नेकपाकै सांसदहरुसहित सरोकारवाला नागरिकहरुकातर्फबाटट सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि संवैधानिक इजलासमा सुनुवाई भैरहेको छ ।

 

Share Now

Leave a comment.