Prakash Adhikari February 14, 2021

सानेपा(ललितपुर), २ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फागुन ५ गते बस्ने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार दिनुभएको जानकारी अनुसार बैठक बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा लगायत केन्द्रीय समितिको कार्यकाल समाप्त हुनलागेकोले यथाशीघ्र थप्नुपर्ने दवाब छ भने अर्कोतिर देशमा चलेको प्रतिगमनकारी कदममा पार्टीको भूमिका वर्तमान संविधान र व्यवस्थालाई बचाउनेतर्फ केन्द्रित नभएको भनेर ब्यापक आलोचना भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाका कदमहरु प्रधानमन्त्री ओलीसंग दातात्म्य राख्ने गरी चल्न थालेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह, अलग धार निर्माण जुट्नुभएका डा. शेखर कोइरालाको समूह, पार्टीको तेस्रो धारको नेतृत्व गर्नुहुने कृष्णप्रसाद सिटौलाको समूहले अलग अलग भेला गरी प्रतिगमन रोकेर संविधान र व्यवस्था बचाउनु पहिलो कर्तव्य भएको बताएका छन् ।

केन्द्रीय कार्यसमितिले के कस्तो निर्णय गर्छ त्यो सबैको प्रतिक्षाको विषय बनेको छ ।

 

Share Now

Leave a comment.