Prakash Adhikari February 5, 2018

बाग्लुङ, २२ माघ । प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वालिङ नगरपालिका, स्याङ्जाले जित्न सफल भएको छ ।

फाइनल खेलमा वालिङले लेखनाथ नगरपालिकालाई ० १ गोलको झिनो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।

वालिङको जितमा खेलको शुरुवाती मिनटमै सफल थापाले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्न पुग्यो ।

बिजेता बनेको वालिङले उपाधिसहित २लाख २२ हजार २ सय २२ रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको लेखनाथले १लाख११ हजार १ सय ११ मा चित्त बुझाएको छ ।

वालिङका राजाबाबु थापा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद दश हजार रुपैया प्राप्त गरे ।

बाग्लुङ नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा प्रदेश नम्बर ४ का कुल ११ नगरपालिकाहरुले सहभागिता जनाएका थिए ।

Share Now

Leave a comment.