मुम्बई(भारत), ४ फागुन(एजेन्सी । अभिनेत्री आलिया भट्टले शाहरुख खानले निर्माण गर्ने डार्लिड.मा नायिकाको भूमिका निर्वाह गर्ने भएकी छन् ।
शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलिज इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको नयाँ फिल्म ‘डार्लिङ्गस’ मा अभिनय गर्न उनी राजी भैसकेकी छन् ।
केही समय अगाडि आलियाले यो फिल्मको स्क्रिप्ट सुन्नेवित्तिकै उनले मन पराइन र फिल्म खेल्ने स्वीकृति दिइन ।
फिल्मको कथा एक विचित्र आमा र छोरीको वरिपरी घुम्ने बताइएको छ ।

यही फिल्म ‘डार्लिङ्गस’ बाट को रुपमा डेब्यू गर्दैछिन् । उनले ‘फोर्स २, फन्नी खान, पति पत्नि और वो’ जस्ता कयौं फिल्मको कथा लेखिसकेकी छन् ।
फिल्ममा आलियासँगै शेफाली शाह, विजय वर्मा र रोशन मैथ्यूको पनि अभिनय रहनेछ ।
‘डार्लिङ्गस’ का अलावा शाहरुख खानको प्रोडक्शन हाउसले कयौं फिल्ममा काम गरिरहेको छ । बबी देओलको अभिनय रहने ‘लभ होस्टल’ चाँडै फ्लोरमा जाँदैछ भने अभिषेक बच्चनसँग ‘बब बिस्वास’ पोस्ट(प्रोडक्शनको स्टेपमा छ ।
शाहरुख भने फिल्म ‘पठान’ को छायांकनमा व्यस्त छन् ।


















