चेन्नाई(भारत), ६ फागुन(बीबीसी) । नेपाली लेग स्पिनर सन्दीप लामिछाने २०२१ मा आयोजना हुने इन्डियन प्रीमियर लिगका कुनै पनि टोलीको अपरिहार्य सदस्यका रुपमा पर्न सकेनन्।
आईपीएलको १४ औँ सीजनका लागि आज बिहीवार भारतको चेन्नईमा भएको मिनी अक्शनमा लामिछानेले आफ्नो आधार मूल्य ४० लाख भारु मात्र राखेका थिए।
तर त्यसमा कुनै पनि टोलीले बोली लगाउन चाहेनन्।
तीन वर्ष दिल्ली क्यापिटल्सबाट खेलेका लेग स्पिनर लामिछानेलाई गत सिजनपछि दिल्लीले टोलीबाट मुक्त गरेको थियो।
लामिछानेलाई पञ्जाब किङ्ग्स, सनराइज हैदराबाद वा मुम्बई इन्डियन्सले अनुबन्ध गर्न सक्ने कतिपय क्रिकेटप्रेमीहरूले अनुमान गरेका थिए।
बजारमा लामिछानेलाई कुनै टीमले लिन नसक्ने खराब आकलनदेखि उनी अब करोडौँ रुपैयाँमा विक्री हुन सक्ने चर्चा पनि चलेको थियो।
सामाजिक सञ्जालमा चर्चा
लामिछानेलाई कुनै क्लबले नलिएकोमा नेपाल तथा अन्यत्रका क्रिकेटप्रेमीहरू पनि दुःखी देखिएका छन्।
समीर पराजुलीले उनी अक्शनमा नबिकेका भए पनि यो नै उनको खेल जीवनको अन्त्य नभएको र आगामी सीजनमा थप अवसर आउने ट्विटरमा लेख्नेका छन्।
Hope he will be sold…
We are ready for next auction..😊😔 https://t.co/xrNbHSXi35— Prabesh Ghimire (@Prabesh_23) February 18, 2021
गत सिजनमा सन्दीप आबद्ध क्लब दिल्ली क्यापिटल्सले पूरै प्रतियोगिताभरि उनलाई बेञ्चमा बस्न बाध्य बनयो ।
केही व्यक्तिले उनी अझै कुनै क्लबमा पर्न सक्छन् भनेर झिनो आशा राखेको पनि देखिएको छ।
Sandeep Lamichhane goes unsold in 2021 IPL Auction. Possibility he may be put up on the block a second time at some point later today.
— Peter Della Penna (@PeterDellaPenna) February 18, 2021
विदेशी खेलाडीको कोटा
यो अक्शनमा सहभागी आठवटा टोलीसँग जम्मा ६१ खेलाडीको कोटा खाली थियो र त्यसमध्ये पनि विदेशी खेलाडीका लागि मात्र २२ वटा कोटा थिए।
त्यसका लागि लामिछानेसहित १ सय २५ जना विदेशी खेलाडीहरू प्रतिस्पर्धामा थिए।
मिनी अक्शनमा भने १ सय ६४ जना भारतीयसहित कुल २ सय ९२ जना खेलाडीहरु सूचीकृत थिए।
त्यसमा असोसियट राष्ट्रबाट लामिछाने, यूएईका कार्तिक मैयेप्पा र अमेरिकाका अलि खान गरी तीन जना मात्र परेका थिए।
आईपीएलमा एउटा टोलीले ८ विदेशी खेलाडी राख्न पाउछ। तर एक पटकमा चार विदेशी खेलाडीलाई मात्र मैदानमा खेल्न पठाउन पाउने नियम छ।
बिहीवारको अक्शनमा केही खेलाडीहरूले भने उच्च मूल्य पाएका छन्।
दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा भित्र्याएको छ।
यो आईपीएलको इतिहासमा सबैभन्दा ठूलो मूल्य हो। उनको प्रारम्भिक मूल्य जम्मा ७५ लाख भारु थियो।
त्यस्तै पञ्जाब किङ्ग्सले यसै सिजनमा छोडेका अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स ब्याङ्गलोरले १४.२५ करोड भारुमा भित्र्याएको छ।


















