Prakash Adhikari February 19, 2021

काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको स्थापना राजा र जनताको सहमतिले संभव भएकोले यसको रक्षा पनि दुवै शक्तिको संयुक्त प्रयासले मात्र संभव हुने जिकिर गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को उपलक्ष्यमा एक सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले राजा र जनताको सहमतिबाट खडा भएको नेपाल राष्ट्रमा निषेध र विभेदको राजनीति शुरू गरिएकाले मुलुक दिन प्रति दिन जटिलतामा फस्दै गएको निष्कर्ष निकाल्नुभएको छ ।

उहाँले नेपालको अस्तित्व रक्षा जनता र राजाको सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञा गर्दा अहिलेको अवस्था आएको बताएको बताउनुभएको छ।



७१ औं प्रजातन्त्र दिवसको अवसरमा दिइएको सन्देशमा भनिएको छ, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्ष पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीतिक शुरू गरिएकोमा मुलुक दिन प्रति दिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्।

Share Now

Leave a comment.