बेइजिड.(चीन), ८ फागुन(बीबीसी) । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले गत जुन महिनामा भारत र चीनको सीमावर्ति क्षेत्र गलवान उपत्यकामा भएको दुई देशका सीमा रक्षक सैनिकको झडपको भिडियो सार्वजनिक गरेको छ ।
यो झडपमा भारतका२० सैनिक मारिएको थियो र लामो समयसम्म आफूतर्फ भएको मानवीय क्षतिका बारेमा चूप रहेको चीनले गत बिहिबार आफ्ना चार सैनिक मारिएको सूचना सार्वजनिक गरेको थियो ।
चीनले जारी गरेको भिडियोमा ती सैनिकहरुलाई सलामी दिएको दृश्य पनि रहेको छ । भिडियोमा दुवैतर्फका सैनिक अधिकारीहरु वार्तामा रहेको दृश्य पनि छ ।
On-site video of last June’s #GalwanValley skirmish released.
It shows how did #India’s border troops gradually trespass into Chinese side. #ChinaIndiaFaceoff pic.twitter.com/3o1eHwrIB2— Shen Shiwei 沈诗伟 (@shen_shiwei) February 19, 2021
चीनले भिडियोमा भारतलाई संकेत गर्दै भनेको छ कि गत अप्रिलदेखि नै संबन्धित विदेशी सेनाले पुरानो संझौता उल्लंघन गर्दै पुल र सडक बनाउने अभियान चलाए। विदेशी सेना ने यथास्थितिमा परिवर्तन गर्ने एकतर्फी प्रयास गरपछि सीमामा तनाव बढ्यो , कायम संझौताको सम्मान गर्दै वार्ताका माध्यमबाट स्थिति सुधार्ने प्रयास पनि गरियो ।
चीनको तर्फबाट जारी गरिएको भिडियोमा भार र चीनका सैनिकहरु रातको अध्यारोमा एकापसमा भिडेको देखिन्छ । जसमा घाइते चिनिया सैनिकलाई अरुले सम्हालेका पनि छन् ।
आठ महिना चूप
आठ महिनासम्म आफूतर्फको मानवीय क्षतिका बारेमा चूप रहेको चीनले दुवै देशका सैनिक नेतृत्व सीमामा जारी तनाव कम गर्न सीमाबाट सेना हटाउने निर्णयलाई कार्यान्वयन गराए पछि मात्र यो सूचना सार्वजनिक गरेको हो ।
Four Chinese martyrs at the #GalwanValley conflict in June 2020 with India:
-Battalion commander Chen Hongjun, born in 1987
-Soldier Xiao Siyuan, born in 1996
-Soldier Wang Zhuoran, born in 1996
-Soldier Chen Xiangrong, born in 2001 & died at the age of 19https://t.co/ESXwc0zD5s pic.twitter.com/LtoKcseYXV— Global Times (@globaltimesnews) February 19, 2021
चीनको पीएलए दैनिकले शुक्रवार आफ्नो रिपोर्टमा लेखेको थियो कि सेन्ट्रल मिलिट्री कमिशनले काराकोरम पहाड़मा चीनका पाँच अफिसर तथा सैनिकको पहिचान गरी तिनलाई पदकले सम्मान दिएको छ ।
सो रिपोर्टमा चिनिया सेनाले पहिलो पटक गलवान संघर्षको विस्तृत विवरण दिंदै भनेको छ, ‘भारतीय सेनाले त्यहा ठूलो संख्यामा सैनिक पठाएको थियो, जो लुकेर बसेका थिए, उनीहरु आएपछि चिनिया सेना पछाडि हट्न बाध्य भएको थियो ।’
रिपोर्टमा चिनिया सैनिकले कसरी स्टिलको डण्डी, किलाका डण्डी र ढुंगाले आक्रमण गरी देशको सार्वभौमसत्ताको रक्षा गरेको थियो ।
The four #Chinese soldiers who sacrificed their lives for defending the nat'l sovereignty &territory in June 2020:
1. Chen Hongjun, battalion commander;
2. Xiao Siyuan, soldier;
3. Wang Zhuoran;
4. Chen Xiangrong.
My high respect to the heroes! pic.twitter.com/JdPTAAE8YT— Ambassador Hou Yanqi (@China2ASEAN) February 19, 2021
https://twitter.com/wangmengyan123/status/1362746463738945540


















