काठमाडौं, ९ फागुन । सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
सिभिल बैंकको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट सञ्चालित उक्त साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपैयाँ ९१ पैसा बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ ८४ पैसा नगद नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतिले स्वीकृती प्रदान गरेको छ ।
साथै सभाले आर्थिक् वर्ष २०७७ /०७८ को लेखापरीक्षण गर्नको लागि “एनबिएसएम एण्ड एशोसियट्स”लाई लेखापरीक्षकमा पुनः नियुक्त गरेको छ । त्यस्तैसिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने ।गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने / हुने वा स्वदेशी/ विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना बनाइएको सिभिल बैंकले जनाएको छ ।


















