Prakash Adhikari February 22, 2021

 

याड.गून(म्यानमार), १० फागुन (बीबीसी) । म्यान्मारमा सैन्य कूविरुद्ध आह्वान गरिएको हडतालको दिन आज प्रमुख सहरहरूमा हजारौँ मानिसहरूले सडकमा भेला भएर प्रदर्शन गरेका छन्।

व्यवसायी र कामदारहरूले पनि सहभागी भएकाले व्यापार(व्यसायहरू बन्द भएका छन्।

द्वन्द्वको बाटोमा अघि बढे ज्यान जान सक्ने चेतावनी सेनाले दिएको थियो।

तर प्रदर्शनकारीहरू त्यसबाट अविचलित छन्।

गत माघ १९ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि म्यान्मारमा तनाव बढेको छ।

आइतवार भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले कारबाही गर्दा दुई जनाको मृत्यु भएको थियो।

म्यान्डलेम्यान्डले

 

Share Now

Leave a comment.