Prakash Adhikari February 24, 2021

काठमाडौं, १२ फागुन । तुँदी पावर कम्पनीले निर्माण गर्ने माथिल्लो राहुघाट जलविद्युत आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा पाँच बैंकहरुले संयुक्त लगानी गर्ने भएका छन् ।

म्याग्दीको राहुघाट खोलामा बन्न लागेको साढे ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनामा कुमारी बैंकको नेतृत्वमा ग्लोबल आइएमई बैंक सहको सहनेतृत्वमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र माछापुच्छ्र्र्रे बैंक रहेका छन् ।

यस परियोजनाको कूल लागत खर्च ८ अर्ब ३० करोड मध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्व ८१ करोड प्रवाह हुनेछ ।

प्रवद्र्घक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड, तुँदी इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् । त्यस्तै, वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई इनर्जी डेभेलपमेन्ट कम्पनी रहनेछ ।

परियोजनाबाट वि.स २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ ।

जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने गएको हुनाले, बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाईरहेका छन् ।

आफ्ना देशव्यापी १ सय ९२ शाखा संजाल, १ सय ६२ एटीएम, २२ शाखारहित बैंकिंग ईकाई तथा १३ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक बैंकिंङ्ग सेवासुविधाहरु दिंदै आएको कुमारी बैंकले राष्ट्रिय प्राथमिकता अन्तर्गतका विविध आयोजनाहरुमा लगानी गर्दै आईरहेको छ ।

 

Share Now

Leave a comment.