नयाँदिल्ली(भारत),१३ फागुन(बीबीसी) । भारत-पाकिस्तानका सेनाबीच भएको वार्तामा दुवै पक्ष फेब्रुअरी २४ मध्यरातदेखि सीमाक्षेत्रमा गोली हानाहान रोक्न सहमत भएको बीबीसी न्यूज हिन्दीले जनाएको छ।
दुवै देशका सेनाका डीजीएमओबीच हटलाइनमार्फत वार्ता भएको थियो। सो वार्ता दुवै देशबाट सीमामा रहेको बुरी गाउँ नजिक लगातार गोली हान्ने काम भएपछि भएको थियो।
भारत र पाकिस्तानबीच कश्मीर क्षेत्रमा ३,३२३ मिटर लामो सीमा रहेको छ।
वार्तापछि जारी संयुक्त वक्तव्यमा भनिएको छ: ‘दुवै पक्षले सीमारेखा र अन्य क्षेत्रमा पूर्वसहमति, आपसी समझदारी र युद्धविरामलाई फेब्रुअरी २४-२५ रातिदेखि पूर्ण रूपमा पालना गर्ने छ।’


















