Prakash Adhikari February 27, 2021

काठमाडौं, १५ फागुन । नेपालका प्रथम चार्टर्ड एकाउन्टेन्ट, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा नेपाल हरियाली पार्टीका अध्यक्ष रहनुभएका पूर्वमन्त्री कुवेर शर्माको शुक्रबार देहान्त भएको छ ।

उहाँ ८४ वर्षको हुनुहुन्थ्यो ।

सन १९६४ मा कुवेर एण्ड कम्पनी नामक चार्टड एकाण्टटेण्ट कम्पनी स्थापना गरेर नेपालमा लेखा परीक्षण, कर निर्धारण, लगानीसम्बन्धी सेवाहरु प्रदान गद्र्रै आउनुभएका शर्मालाई नेपाली कांग्रेसका तात्कालीन सभापति कृष्णप्रसाद भट्टराईले केन्द्रीय सदस्य मनोनित गर्नुभएको थियो ।

नेपाली कांग्रेसमा आएको विभाजन र नेपाली कांग्रेसले लिएको नीतिसंग मतान्तर भएपछि उहाँले हरियाली पार्टी स्थापना गर्नुभएको थियो ।

उहाँ राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सञ्चालन गरेको समयमा पर्यटन मन्त्री हुनुभएको थियो ।

उहाँले नेपाल व्यवस्थापन संघ र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स एशोसिएसन जस्ता व्यवसायिक संस्था गठनका साथै नेपालमा लेखामान बोर्ड स्थापनामा पनि उत्तिकै सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

Share Now

Leave a comment.