विण्डहोक(नामिबिया), २३ माघ । फेब्रुअरी ८ अर्थात बिहिबारदेखि सुरु हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी हुन आइतबार नामिबिया पुगेको नेपाली क्रिकेट टिम सोमबारदेखि अभ्यास खेलमा सरिक भएको छ।
नेपाली टिमलाई मुख्य प्रशिक्षक जगत टमाटा र भारतीय प्रशिक्षक सुलक्षण कुलकर्नीले प्रशिक्षण गराईरहेका छन्। मंगलबार नेपाली टिमले वन्डरर्स क्रिकेट क्लब मैदानमा ब्याटिंग तथा फिल्डिंगको अभ्यास गर्यो।
प्रतियोगिताको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ मा बिहिबार आयोजक नामिबियाको सामना गर्दैछ भने दोश्रो खेल फेब्रुअरी ९ मा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ मा युएईसंग, चौथो खेल फेब्रुअरी १२ मा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ मा खेल्नेछ।
डिभिजन(२ को उत्कृष्ट२ भित्र पर्नेसके नेपाल २०१९ को बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।
नेपाली टिममा कप्तान पारस खड्का , ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, अनिल शाह, बसन्त रेग्मी, शरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी , सन्दिप लामिछाने, सोमपाल कामी, करन केसी, आरिफ शेख, ललित भण्डारी, दिलिपनाथ र रोहित पौडेल रहेका छन् ।