Prakash Adhikari March 2, 2021

 

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसले झापास्थित बी एण्ड सी कलेजलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने अनुमतिका लागि सरकारले थालेको प्रक्रियाको विरोध गरेको छ ।

नेपाली कांग्रेसको शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै कामचलाउ सरकारका शिक्षा मन्त्रीको ठाडो निर्देशनमा झापास्थित प्रस्तावित बी एण्ड सी कलेजलाई एमबीबीएसको सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय सभाको निर्णयप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘नेकपा आफै सरकारमा रहेको समयमा संसदमा प्रस्तुत भएर बनेको ऐन, विभिन्न समयमा गरिएका संझौता विपरित यस्तो हस्तक्षेप गर्नु खेदजनक र आपत्तिजनक कुरा हो ।’

नेपाली कांग्रेसले विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनीतिक दवाव सिर्जना नगर्न सरकारलाई सचेत पनि गराउदै यसको परिणाम दुःखद हुने चेतावनी पनि दिएको छ ।

Share Now

Leave a comment.