लण्डन(संयुक्त अधिराज्य), १९ फागुन(बीबीसी) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूके र आयरल्यान्डले सन् २०३० को फुटबल विश्वकप आयोजन गर्न दाबी गर्ने सही समय भएको बताउनुभएको छ।
सरकारले बुधवार पेस गर्ने यो आर्थिक बर्षको बजेटमा यो प्रक्रिया सुरु गर्न २८ लाख पाउन्ड दिने चर्चा पत्रपत्रिकाले गरेका छन्।
इङ्गल्यान्ड, वेल्स, स्कटल्यान्ड, नोर्दन आयरल्यान्ड र आयरल्यान्डका फुटबल सङ्घहरूले सरकारको कदमबाट खुसी भएको बताएका छन्।
‘हामी फुटबललाई सन् २०३० मा घरमा ल्याउन धेरै नै इच्छुक छौँ ‘, जोनसनले द सन पत्रिकासँग भनेका छन्।
सन् २०३० को फुटबल विश्वकपमा लागि आयोजन दाबी प्रक्रिया सन् २०२२ मा मात्रै सुरु हुन्छ।


















