Prakash Adhikari March 15, 2021

याड.गून(म्यानमार), २ चैत्र (एजेन्सी) । चीनले म्यानमारको लोकतान्त्रिक सरकारलाई कू गरेर सत्ता हातमा लिएको सैनिक शासनलाई समर्थन गरेको भन्दै स्थानीयले चिनिया लगानीका दुई कारखानामा आगलागी गरेपछि भएको हिंसामा सुरक्षाकर्मीको गोली लागेर कम्तिमा ३९ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

समाचार संस्था रोयटर्सले स्थानीय अधिकारकर्मीहरुलाई उद्घृत गर्दै म्यानमारको ह्यालिड.थाय औद्योगिक क्षेत्रमा आगलागीपछि चलेको गोलीबाट २२ जनाको मृत्यु भएको जनाएको छ ।

राजनीतिक बन्दीहरुको सहायता संगठन(एएपीपी)ले अन्य भिन्न भिन्न स्थानमा १६ जनाको गोलीलागेर मृत्यु भएको जनाएको छ ।

एक जना फोटो पत्रकारले आफ्नै आँखा अगाडि मानिसहरुको गोली हानेर हत्या गरिएको विभत्स दृश्य देखेको बताएका छन् ।

यसैबीच म्यानमारस्थित चिनिया दूतावासले ह्यालिड.थायमा भएको आगलागीमा धेरै चिनिया कामदारहरु घाइते भएको र आगलागिमा थुनिएको जनाउदै बर्मामा भएको चिनिया लगानी र चिनिया कामदारको सुरक्षाको प्रत्याभूति दिन माग गरेको छ ।

सैनिक सरकारले ह्यालिड.थाय र यांगूनका अन्य जिल्लामा मार्शल ल लगाएको छ ।

सैनिक सञ्चालिन म्यावाडे टेलिभिजनले प्रदर्शनकारीहरुले चारवटा गार्मेन्ट उद्योग र रसायनिक मल कारखानामा आगलागी भएको र आगो नियन्त्रण गर्न गएका बारुणयन्त्रहरुलाई २ हजार जति मानिसले रोकेको बताएको छ ।

पछिल्लो संख्या संगै म्यानमारमा फेब्रअरी १ अर्थात माघ १९ मा सैनिक कू भएपछि भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली र कुटपिटबाट जीवन गुमाउनेको संख्या १ सय २६ पुगेको छ ।

राजनीतिक बन्दी सहायता संगठनले जनाए अनुसार २ हजार १ सय ५० भन्दाबढी मानिसहरुलाई सेनाले पक्राउ गरी हिराशतमा लिएको छ भने ३ सय जतिलाई छोडेको छ ।

चिनिया दूतावासले चीनको लगानी र चिनिया नागरिकको सुरक्षाको विषय फेसबुकममा उठाएपछि स्थानीयहरुले म्यानमारमा ब्यापार गर्ने भए म्यानमारको जनताको आवाजको कदर गर्न सिक भन्दै ह्यालिड.थायमा स्थानियले जे गरे ठिक गरे हामी गर्व गर्दछौ भन्ने प्रतिक्रिया दिएका छन् ।

यसैबीच म्यानमारका लागि राष्ट्रसंघीय विशेष दूत क्रिश्चिन स्क्रानर बर्गनरले त्यहाँ भैरहेको बर्वर आतंकको निन्दा गर्दै भन्नुभएको छ, म्यानमारमा व्यक्तिगत तवरमा लिइएका सूचनामा हृदयविदारक हत्या, प्रदर्शनकारीमाथि बर्बर दमन र बन्दीहरुमाथि यातना दिइएको खबर प्राप्त भएको बताउनुभएको छ ।

म्यानमारमा भैरहेको दमनले शन्ति र स्थायित्वको संभावनालाई न्यूनाकलन गरेको भन्दै उहाँले अत्तर्राष्ट्रिय समुदायसंग म्यानमारका नागरिक र तिनको प्रजातान्त्रिक आकांक्षालाई सम्मान गर्न आह्वान गर्नुभएको छ ।

Share Now

Leave a comment.