काठमाडौं, ५ चैत्र । नेपालउद्योग परिसंघले बैक तथा वित्तिय संस्था परिसंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई बुधबार परिसंघको कार्यालय थापाथलीमा स्वागत गरेको छ । उद्योग परिसंघको तर्फबाट सतिशकुमार मोरले उहाँहरुलाई स्वागत गर्नु भएको हो ।
स्वागत कार्यक्रममा बोल्दै उद्योग परिसंघका अध्यक्ष मोरले परिसंघले “मेक इन नेपालः स्वदेशी”अभियानलाई अगाडी बढाई रहेको बताउनु भयो । यस अभियानले नेपालमा स्वदेशीउत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित परिसंघले’ अभियान सुरु गरेको बताउनु भयो । यस अभियानमा परिसंघले नेपालका निजी क्षेत्रका अन्य संघ संस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो ।
अध्यक्ष मोरले बैक तथा वित्तिय क्षेत्रका धेरै विषयहरु परिसंघले उठाउँदै आएको र परिसंघका सुझावहरुलाई नेपाल राष्ट्र बैंकले सकारात्मक रुपमा लिई धेरै सुझावहरुलाई मौद्रिक नीति मार्फत सम्बोधन गरेको वताउनु भयो ।उद्योग र बैंक तथा वित्तीय संस्था एक अर्काको पर्याय भएकोले आगामी दिनमा पनि बैक तथा वित्तीय संस्था परिसंघ नेपालसँग उद्योग परिसंघले बैक तथा वित्तिय क्षेत्रका विषयमा सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो । दुबै संस्थाको वीचमा हुने ठोस सहकार्यले मात्र उद्योग र बैंकिङ क्षेत्रको दिगो विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह हुने, देशमा औधोगीकरण तथाआर्थिक विकासमा योगदानपुग्ने र राष्ट्रको अर्थतन्त्र सबल एवं सक्षम हुने बताउनुभयो ।
स्वागत कार्यक्रममा बोल्दै बैक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले उद्योग परिसंघले सिविफिनका पदाधिकारीहरुलाई स्वागत एवं बधाई ज्ञापन गरेकोमा आभार व्यक्त गर्दै सिएनआइ र सिविफिनले संस्थागत सहयोग र सहकार्यको कार्यलाई तदारुकताकासाथ अगाडि बढाउने धारणा व्यक्त गर्नुभयो ।
कतिपय अवस्थामा उद्योगमैत्री ऋण प्रवाहको व्यवस्था नभएको र उद्योग सञ्चालनभन्दा व्यापारमा ऋण प्रवाह सहजीकरण भईरहेको प्रसंग उल्लेख गर्दै दुबै संस्था मिलेर साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा योगदान पु¥याउनु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो भने सिविफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, महासचिव केशवबहादुर रायमाझी र सचिव कुशप्रसाद मल्लीको उपस्थिति थियो ।


















