काठमाडौं, ६ चैत्र । महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा दिनुभएको छ।
उहाँले दिउँसो १ बजे आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरेर यसको जानकारी दिनुभएको हो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले राजीनामा दिएकोबारे जानकारी गराइसकेको समेत जानकारी दिनुभयो ।
संविधानको धारा १५७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने महान्यायाधिवक्ता प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजिनामा दिएर पदमुक्त हुने व्यवस्था छ ।
महान्यायाधिवक्ताले आफ्नो राजिनामा सीधै राष्ट्रपतिकहाँ नभएर प्रधानमन्त्रीमा बुझाउने अपेक्षा संविधानले गरेको छ । केही सञ्चार माध्यमहरुमा उहाँले राष्ट्रपतिसमक्ष राजिनामा गर्नुभएको समाचार प्रेषित भएका थिए ।
राजिनामा दिएर पदमुक्त हुन लाग्नुभएका महान्यायाधिवक्ता खरेलले पत्रकार सम्मेलनमा आफ्नो भावि योजना पनि सुनाउनु भयो । उहाँ अव वकालतमा नफर्कने सोंचमा हुनुहुन्छ । उहाँ नेकपा एमालेमा सक्रिय राजनीति गर्न इच्छुक हुनुभएको छ ।
नेकपा एमालेभित्र दुई गुटको बीचमा काटाकाटको स्थिति उत्पन्न भएको बेलामा उहाँले कुट गुटतिरबाट राजनीति गर्ने हो स्पष्ट नपारे पनि उहाँलाई दोस्रो संविधानसभामा सदस्य बनाउन, कानूनमन्त्री बनाउन र महान्यायाधिवक्ता बनाउन पनि एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले गुन लगाउनु भएकोले उहाँले ओलीको साथमा रहेर राजनीति गर्ने अनुमान गरिएको छ ।
प्रतिनिधिसभा विघटनको मुद्दामा कमजोर बहस गरेकोले प्रधानमन्त्री ओलीसंग दूरी बढेको समाचार आएको भएपनि उहाँले त्यसमा सत्यता नभएको बरू प्रधानमन्त्रीले आफूलाई धन्यबाद दिएको उहाँले दाव िगर्नुभएको छ।


















