Prakash Adhikari February 8, 2018

विण्डहक(नामिबिया),२५ माघ । आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले नामिबियासंग प्रतिस्पर्धा गरिरहेको छ। खेलमा नेपालले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको छ।

यु-१९ रास्ट्रिय क्रिकेट टिम तथा एभरेस्ट प्रिमियर लिगमा उत्कृस्ट प्रदर्शन गरेका युवा खेलाडी रोहित पौडेललाई अन्तिम ११ मा मौका दिईएको छ। उनलाई नेपाली टिमका ब्याटिंग कन्सल्टेन्ट सुलक्षन कुल्कर्नीले डेब्यु क्याप प्रदान गरेका हुन्।

एफिस पार्क मैदान, विन्डहकमा भैरहेको खेल नेपाली समय अनुसार १:१५ मा आरम्भ भएको हो ।

डिभिजन २ प्रतियोगितामा नेपाल र आयोजक नामिबिया सहित केन्या, ओमान, युएई र क्यानडा गरि कुल ६ टोलीै प्रतिस्पर्धा गर्दैछन् ।
६ टोली मध्ये उत्कृष्ट हुने २ टिमले २०१९ को बिश्वकप क्रिकेट प्रतियोगिताको लागि छनौट प्रतियोगिता खेल्ने मौका पाउनेछ।

प्रतियोगिताको आयोजक नामिबियाकोसंग खेलेपछि नेपालले दोश्रो खेल फेब्रुअरी ९ मा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ मा युएईसंग, चौथो खेल फेब्रुअरी १२ मा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ मा खेल्नेछ।

प्रतियोगिताको पहिलो दिन ३ वटा खेलहरु सम्पन्न हुनेछन्। पहिलो दिन केन्या र युएई, नेपाल र नामिबिया तथा क्यानडा र ओमानले प्रतिस्पर्धा गर्नेछन्।

Share Now

Leave a comment.