Prakash Adhikari March 23, 2021

भिनिस लेमोस / बीबीसी न्यूज

ब्रासिलिया(ब्राजिल), १० चैत्र । गत वर्ष सेप्टेम्बरमा ब्रजिलकी ३८ वर्षीया दन्त चिकित्सक र्‍याकेल ट्रिभिजी कोभिड-१९ को उपचारका लागि अस्पतालमा भर्ना हुनुभयो।

नियमित व्यायाम गर्ने र पुरानो रोग नभएका कारण उहाँलाई लागेको थियो कि उहाँलाई कोभिडले धेरै खराब गर्दैन। तर र्‍याकेलँको अवस्था बिग्रँदै गयो।

‘कसैले पनि कहिल्यै सोचेको थिएन कि कोभिडका कारण यस्तो खालको जटिलता आउँछ। मेरो स्वास्थ्य राम्रो थियो र स्वस्थ रहन्थेँ।’

‘तर कोरोनाभाइरसले फरक तरिकाले असर गर्छ। यो रोग एकदमै जटिल हो’, र्‍याकेलले भन्नुभयो।

कोरोनाभाइरसले उहाँको फोक्सोमा नराम्रोसँग असर गरेको थियो।

एउटा निजी अस्पतालमा उहाँ भर्ना हुनुभयो जहाँ उहाँलाई सघन उपचार कक्ष आईसीयूमा राखियो र श्वासप्रश्वास सहज बनाउन मुखमा नली हालियो।

आईसीयूमा राखिएको दोस्रो दिन फोक्सोमा अक्सिजन पुग्न सहज होस् भनेर उहाँलाई घोप्टो पारेर सुताइयो।

र्‍याकेलले १८ घण्टा घोप्टो परेर बिताउनुभयो जुन अवस्थाको तस्बिर स्वास्थ्यकर्मीले खिचेका थिए।

लामो सङ्घर्ष

अस्पतालमा २० दिनसम्म आईसीयूमा र तीमध्ये पनि १६ दिन मुखमा नली लगाएपछि र्‍याकेलको अवस्थामा सुधार आयो।

अस्पतालबाट घर फर्किएपछि पनि उहाँले कोरोनाभाइरसका जटिलताबाट ठीक हुन दैनिकी त्यसै अनुसार अनुशासित बनाउनुभयो।

घरमै उहाँले अस्पतालमा खिचिएका तस्बिरहरू हात पार्नुभयो। तीमध्येको एउटाले उहाँको ध्यान तान्यो जुन तस्बिरमा र्‍याकेल अनुहार तल पारेर सुत्नुभएको थियो।

त्यो तस्बिरमा सास फेर्दा उहाँको मुटुको धड्कन अनुगमन गर्न इलेक्ट्रोडहरू जोडिएको छ।

‘त्यो तस्बिरमा तपाईँहरू एकदमै जोखिममा रहेको शरीर देख्न सक्नुहुन्छ। मेरा लागि, यो एकदमै सशक्त तस्बिर हो’, र्‍याकेलले भन्नुभयो।

पीडा भए पनि यो तस्बिरले आशाको सङ्केत गर्ने उहाँ ठान्नुहुन्छ। उहाँको ढाडमा फिनिक्स नामक कथानक चराको ट्याटु बनाइएको छ। जुन चरा मरेपछि बनेको खरानीबाट फेरि यौवन लिएर उठ्ने विश्वास गरिन्छ।

‘ग्रीक कथामा फिनिक्स चरा मरेपछि पनि खरानीबाट उठ्छ। यसको अर्थ पुनर्जन्म लिन्छ। यो ट्याटुले यति धेरै अर्थ पहिला कहिल्यै राखेको थिएन’,र्‍याकेलले बताउनुभयो।

स्वास्थ्यकर्मीहरूले उनको शरीरलाई पल्टाएको अर्को तस्बिर

स्वास्थ्यकर्मीहरूले र्‍याकेलको शरीरलाई पल्टाएको अर्को

यो तस्बिर गोप्य अवस्थाको भएकोले त्यसलाई सामाजिक सञ्जालमा राख्न उहाँलाई डर लाग्यो।

‘मैले सुरुमा त मेरो छोरालाई पनि हेर्न दिइनँ’,उहाँले भन्नुभया।

यद्यपि गत साता र्‍याकेलले उक्त तस्बिरलाई इन्स्टाग्राममा हाल्ने निर्णय गर्नुभयो।

त्यही पोस्टमा र्‍याकेलले स्वास्थ्यकर्मीले उहाँको शरीर पल्टाउन लागेको बेलाको पनि तस्बिर पनि हाल्नुभयो।

कोरोनाभाइरसको विश्वव्यापी महामारीका बेला धेरैजसो मानिसहरूले जस्तो व्यवहार गरिरहेका थिए त्यस कारण आफूले तस्बिर शेअर गरेको र्‍याकेलले बताउनुभयो।

जीवनका लागि लडाइँ

र्‍याकेललाई सुरुमा जिउ दुख्ने र ज्वरो आउनेजस्ता लक्षण सेप्टेम्बर ८ मा देखियो।

एक दिनपछि उहाँलाई सास फेर्न गाह्रो हुन थाल्यो र उहाँले परीक्षण गर्नुभयो।

उहाँलाई कोभिड-१९ भएको पुष्टि भयो र सीटी स्क्यान गर्दा फोक्सोको पाँच प्रतिशत भागमा असर गरेको देखियो।

‘मलाई सास फेर्न गाह्रो भएपछि उनीहरूले मलाई भर्ना गरे। अस्पतालमा सबै सेवा पुगे पनि मेरो अवस्था खराब बन्दै गयो’, र्‍याकेलले भन्नुभयो।

कठिन खालका शारीरिक अभ्यास गरिरहने र्‍याकेलले आफू स्वस्थ्य व्यक्ति भएको विचार गरिन्
कठिन खालका शारीरिक अभ्यास गरिरहने र्‍याकेलले आफू स्वस्थ्य व्यक्ति भएको विचार गर्नुभयो

अस्पताल भर्ना भएको एक सातापछि, भाइरसका कारण उहाँको फोक्सोमा ८५ प्रतिशतमा असर गर्‍यो।

‘अक्सिजनको मात्रा निकै कम थियो। मलाई अनुहार तल पारेर सुताउँदा त्यसले अक्सिजन फोक्सोसम्म पुग्ने प्रक्रियामा सुधार आयो’, र्‍याकेलले भन्नुभयो।

अस्पतालबाट घर जाँदा उहाँको अवस्था निकै नाजुक थियो। अस्पतालको कक्षबाट ह्वीलचेयरमा निस्कँदा र्‍याकेलले ८ र १५ वर्षका आफ्ना दुई सन्तानलाई अँगालो मार्न पनि सक्नुभएको थिएन।

‘मैले मेरो शरीरको चलाउन सक्ने अङ्ग भनेको टाउको मात्रै थियो’, र्‍याकेलले भन्नुभयो।

अस्पतालमा बसेका बेला उहाँको वजन २५ किलो घट्यो।

‘मेरो जीवन खेलाडी जीवन भए पनि यो रोगले मलाई झण्डै लगेको थियो’, उहाँले भन्नुभयो।

स्वास्थ्यलाभ
जब र्‍याकेल अस्पतालबाट घर फर्कनुभयो। उहाँले स्वास्थ्य सुधारका लागि निकै आक्रामक तरिकाले आफूलाई त्यसमा समर्पित गर्नुभयो।

‘मैले सामान्य खालका अभ्यासहरू पनि पुनः सिक्नुपर्‍यो’, र्‍याकेलले भन्नुभयो।

र्‍याकेलले दिनको दुई पटक थेरापी गर्नुभयो र फेरि हिँड्न सिक्नुभयो। सँगसँगै उहाँलाई पोषणविद्ले पनि सहायता गरे।

र्‍याकेलको स्वास्थ्य अवस्था सुध्रँदै जानुमा उहाँको परिवारको सहायता र विश्वास महत्त्वपूर्ण रह्यो।

 

खेलाडी र्‍याकेलले कोभिड-१९ को उपचारपछि हिँड्न पनि सिक्नुपर्‍यो
खेलाडी र्‍याकेलले कोभिड१९ को उपचारपछि हिँड्न पनि सिक्नुपर्‍यो

महिनौँपछि अहिले उहाँले १५ किलो वजन बढिसेको छ र वरपर हिँड्न थोरै कठिन हुन्छ। ‘बाँकी अब मांसपेशी हो र त्यो त धेरै तालिम लिएपछि मात्रै मैले पुनः हासिल गर्न सक्छु’,उहाँले भन्नुभयो।

बिरामी हुनुभन्दा अघि गरेजस्तो कठिन खालका व्यायामहरूमा फर्किन सक्छु जस्तो उहाँलाई लाग्दैन।

‘अहिले मलाई लाग्छ खेल मेरो जीवनको एउटा गुण हो जसले मलाई सुधारमा मद्दत गर्छ। रोगका कारण स्वास्थ्यमा कैयौँ कठिनाइहरू छन् जसले गर्दा म आफूलाई सामान्य खेलाडी मान्न सक्दिनँ।’

निको हुने क्रममा र्‍याकेलको गत साता महत्त्वपूर्ण घटना भयोस् उहाँको कार्यालयमा बिरामीहरू पुनः आउन थाले।

अरूलाई मद्दत
कामका साथसाथै र्‍याकेलले एउटा परियोजना सुरु गर्नुभयो ताकि कोभिड-१९ का गम्भीर र जटिल अवस्थाका बिरामीलाई सहायता गर्न सकियोस्।

‘म एउटा निजी अस्पतालमा थिए र मेरो स्वास्थ्य बिमा थियो। तर मैले अन्य धेरैबारे सोचेँ। खानका लागि केही नहुँदा पनि उनीहरू कसरी घर जान्छन्रु उनीहरू अस्पतालबाट घर त फर्किन्छन् तर कुन अवस्थामा भन्ने उनीहरूलाई थाहा हुँदैन’, उहाँले भन्नुभयो।

अस्पतालबाट फर्किएको एक महिनापछि र्‍याकेलले ‘कोम भिडा’ नामक प्रोजेक्ट सुरु गर्नुभयो। उहाँले यो काम अस्पतालमै उहाँलाई सघाउने प्रमुख नर्ससँग मिलेर सुरु गर्नुभयो।

र्‍याकेलका अनुसार यो अभियानमा फिजियोथेरापिष्ट, चिकित्सक, फिजियोलोजिष्ट र नर्सहरू छन्।

‘उनीहरूले मित्रता, दान र थेरापीको प्रस्ताव गर्छन्’, र्‍याकेलले भन्नुभयो ‘हामीले अहिलेसम्म नौ वटा परिवारलाई मद्दत गरिसक्यौँ र अन्यलाई पनि गर्दैछौं।’

बिरामी निको भएपछि र्‍याकेल पहिलाकै अवस्थामा फर्किने कोसिस गर्दैछिन्
बिरामी निको भएपछि र्‍याकेल पहिलाकै अवस्थामा फर्किने कोसिसमा हुनुहुन्छ

यो कामले उहाँलाई अर्को कठिन अवस्थासँग पनि जुध्न सघाउ पुर्‍यायो।

र्‍याकेलले ७२ वर्षीय बुवालाई ज्यानुअरीमा कोरोनाभाइरसकै कारण गुमाउन पर्यो।

तस्बिरहरू
सेप्टेम्बरयता आफू बिरामी हुनु र बुवा गुमाउनु जस्ता जति पनि घटनाहरू भए त्यसले र्‍याकेललाई नराम्रो लाग्यो।

मानिसहरूले कोरोनाभाइरसबाट जोगिन सामाजिक दूरीजस्ता सामान्य खालका सावधानी पनि नअपनाएकाले उहाँ दुखी हुनुहुन्थ्यो।

यसै कारणले आफू सघन उपचार कक्षमा उपचार गराइरहँदा खिचिएका तस्बिरहरू उहाँले सामाजिक सञ्जालमा राख्ने निर्णय गर्नुभयो।

फेब्रुअरी १० तारिखमा र्‍याकेलले आफ्नो इन्स्टाग्राममा दुई वटा फोटोहरू पोस्ट गर्नुभयो।

‘त्यति बेलासम्म मलाई आफ्नो त्यस्तो तस्बिर बाहिर देखाउन मन थिएन। तर मैले अस्पतालहरू फेरि भरिएको देखेँ। त्यसैले मैले तस्बिर राख्ने निर्णय गरेँ’, उहाँले भन्नुभयो।

ूचेतनाको अभावका कारण मानिसहरू कुन हदसम्म जान्छन्? एक अर्काको पीडामा करुणा देखाउन मानिसलाई अरू के चाहिन्छ? जबसम्म आफ्नै परिवारको कोही मर्दैन? वा मलाई जे भयो त्यो हुँदैनरुू? उहाँले आफ्नो पोस्टमा लेख्नुभएको छ।

ब्राजिल, चिले, इण्डोनेशिया, टर्की र सिङ्गापुरका मानिसहरूले सिनोभ्याकको खोपको मात्रा पाइसके

ब्राजिल, चिले, इण्डोनेशिया, टर्की र सिङ्गापुरका मानिसहरूले सिनोभ्याकको खोपको मात्रा पाइसके

इन्स्टाग्रामको पोस्टमा र्‍याकेलले दुई वटा तस्बिरले ‘मृत्युको मुखमा पुगेको अनुभव’ देखाउने र ती क्षणहरूको सम्झना बाचुन्जेल आफूसँगै रहन्छ भन्ने लागेको लेख्नुभएको छ।

यी तस्बिरहरू र उहाँको अनुभवमाथि सामाजिक सञ्जालमा थुप्रैले प्रतिक्रियाहरू जनाएका छन्।

‘धेरै मानिसले यसलाई शेअर गरे’, उहाँले भन्नुभयो।

‘कोरोनाभाइरसविरुद्ध जोगिन आवश्यक रहेकोबारे मैले एक जनाको मात्रै पनि सोच परिवर्तन गर्न सकेँ भने पनि यो तस्बिरले काम गरिसक्यो’, र्‍याकेलले भन्नुभयो।

Share Now

Leave a comment.