Prakash Adhikari March 24, 2021

काठमाडौं, ११ चैत्र । बाणिज्य बैंकहरुमा नम्बर एक रहेको नबिल बैंकले ग्राहकहरुलाई सुविधा दिने क्रममा यूएस डलर नबिल आइकार्ड ल्याएको छ ।

नबिल बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इ–कमर्स साइटमार्फत् अनलाइन सपिङ गरी भारत बाहेकका देशमा भुक्तानी गर्ने सुविधा पाउने छन् ।

उक्त कार्ड लिनका लागि ग्राहकहरुको खातासंगै प्यान कार्ड पनि अनिवार्य हुनेछ । ग्राहकले एकै पटक वा पटक पटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्ने सुविधा पनि पाउने छन् ।

्आफ्नो स्थापनाकाल सन् १९८४ देखि नबिल(साविकमा नेपाल अरब बैंक लि.ले आफ्ना ग्राहकहरुलाई बैंकिड. क्षेत्रका नयाँ नयाँ सेवा प्रदान गर्दै आएको छ । हाल यसले १ सय १९ शाखा, १ सय ८५ एटिएम र १ हजार ५ सय भन्दाबढी नबिल रेमिट एजेन्टमार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।

विश्वका वित्तीय बजारमा उपलब्ध सेवा,सुविधा र प्रविधिहरु नेपालमा भित्र्रयाएर समानुकूल आफ्ना ेसेवाग्राहीहरुलाई छिटो,छरितो र भरपर्दो सेवा दिंदै आएको नबिल बैंकले ग्राहकसंग कायम गरेको विश्वासले बैंकलाई नेपालको नम्बर एक बाणिज्य बैंकको ताज दिएको छ ।

Share Now

Leave a comment.