Prakash Adhikari March 25, 2021

इलाम, १२ चैत्र । भारतीय जेलमा विना सुनुवाई ४० बर्ष बिताएका इलामका दीपक जैसी तिम्सिना पनि भनिने दुर्गाप्रसाद तिम्सिनाले बिहीवार नेपाली नागरिकता पाउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामबाट उहाँ वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो।

दीपक २०३७ साल माघमा २० वर्षको उमेरमा इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा ९ (हाल फाकफोकथुम गाउँपालिका)बाट मङ्गलवारे बजारको बुधवारे हाटमा तोरी बेच्न भनी हिँडेपछि सम्पर्कविहीन हुनुभएको थियो।

ज्यान मुद्दामा ४० वर्षदेखि बिनासुनुवाइ थुनिएको र उहाँ हाल कोलकोता काराबासमा रहेको जानकारी यसै बर्ष पाएपछि नेपाली अधिवक्ताहरुको विशेष पहलमा भारतमा रहेका अधिवक्ताहरुले उहाँको पक्षमा वकालत गरेपछि कोलकाताको उच्च अदालतले रिहाइ गर्न आदेश दिएसँगै गत शनिवार उहाँ घर फर्कनुभएको थियो।

उहाँको घरमा ८६ वर्षीया आमा हुनुहुन्छ।

उहाँलाई आवश्यक उपचार प्रदेश १ सरकारले गर्ने बताएपछि नागरिकता नहुँदा समस्या आउन सक्ने कारण उनको नागरिकता बनाएको परिवारजनले जनाएका छन्।(सीता निरौला/ बीबीसी न्यूज)

 

 

Share Now

Leave a comment.