काठमाडौं, १३ चैत्र । नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।
गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचारारत हुनुहुन्थ्यो ।
पूर्व उद्योग मन्त्रीसमेत रहनु भएका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता हुनुहुन्थ्यो । सन्ताउन्न वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।
विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी काठमाडौँ क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ काँग्रेसका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।
उहाँको निधनले नेपाली कांग्रेसले एक जुधारु, कर्मठ र इमान्दार नेता गुमाएको भन्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा.शशांक कोइराला र पूर्णबहादुर खड्कासहित सबै केन्द्रीय पदाधिकारी र सदस्यहरु तथा जिल्ला सभापति र सबै भातृसंगठनका पदाधिकारीहरु, नेपाली कांग्रेसका कार्यकर्ता र उहाँका शुभेच्छुक मित्रहरु मतदाताहरुले स्वर्गीय जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना अर्पण गर्नुभएको छ ।
हार्दिक श्रदाञ्जली नविन्द्रजी
नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
अत्यन्तै दुखद खबर !
हार्दिक श्रद्धाञ्जली !
नेपाली कांग्रेसका उदियमान नेता नविन्द्रराज जाेशी अब हामी बीच रहनुभएन ।
आम जनताका ढुकढुकी लाेकप्रिय नेता जाेशीकाे निधनकाे खबरले मलाई मर्माहत बनाएकाे छ । नेपाली कांग्रेसका भराेसा याेग्य नेता जाेशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउदा म पीडा सहन नसक्ने अवस्थामा छु ।
याे दुखकाे घडिमा प्रिय नविन्द्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पुर्ण परिवारमा गहिराे समवेदना व्यक्त गर्दछु ।
भावपूर्ण श्रद्धाञ्जली!
एक महिनाअघि मष्तिष्कघात भइ अस्पतालको शय्यामा जीवनका लागि सङ्घर्ष गरिरहनुभएका नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री नवीन्द्रराज जोशीको आत्माले अन्तत: भौतिक देह त्याग गरेको छ। विद्यार्थी छँदादेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा होमिनु भएका जोशीको प्रस्थान नेपाली कांग्रेसका लागि मात्र नभई देशकै लागि अपूरणीय क्षति हो। जोशी जीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका परिवार/आफन्तजन/सुभेच्छुक सबैमा हार्दिक समवेदना प्रकट गर्दछु।
हार्दिक श्रदान्जली
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री प्रिय मित्र नविन्द्रराज जोशीको देहावसानले अत्यन्त दुःखित र स्तब्ध भएको छु ।नेपालको लोकतान्त्रिक आन्दोलनमा किशोरवयदेखि समर्पित जोशी नेपाली कांग्रेसकाे एउटा निष्ठावान आशालाग्दो नक्षत्रको रुपमा हुनुहुन्थ्यो।
वहाँको अकल्पनीय मृत्युले सम्पूर्ण पार्टीपंक्ति मात्र होइन सिंगो नेपाली जनमानस शोकाकुल बनेको छ।
यस दुःखद् क्षणमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।
जय नेपाल ।
दुखद समाचार .. हामी सबैको प्रिय नवीन्द्र यो संसारमा रहेन । यो अप्रिय खबर कसरी सुनाउ र पनि, अलबिदा नबिन्द्र, हार्दिक श्रद्धाञ्जली
उहाँको मृत्यु भएको छैन , फेरिपनि लेख्न मन छ यो खबर झुठो हो !
तर लेख्नु परेको छ “अल बिदा नविन्द्र दाइ !!!!!!!
अत्यन्त मर्माहत भएको छु।
नविन्द्र दाई,हामीमाझ हुनुहुन्न भनेर पत्याउन सकिरहेको छैन।पार्टी संगठनका,विचार अनि विकासका थुप्रै कुरा सिक्न र संगै काम गर्न बांकी थियो।हामीले एक समन्वयकारी,सालिन नेता र विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएका छौं।
हार्दिक श्रद्धाञ्जली नविन्द्र दाई
दाईसँगकाे प्रेम र सम्वन्ध असीम थियो । हरेक पल दाईको चासो गरिरहेका थियौं, कामना गरिरहेका थियौं । तर, आज दाईकाे निधनको खबरले मर्माहत बनाएको छ । दाईले देखाउनुभएको बाटो र साहसको सधैं मूल्यांकन गर्नेछौं ।
अलविदा नविन्द्र दाई ।
भावपूर्ण श्रद्धान्जली ।
तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा l देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ l
मेरा मित्र, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनले अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ। जोशीले पार्टी संगठन र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान हाम्रा सामु सधै अनुकरणीय रहिरहनेछ। यस दुःखद समयमा परिवारमा समवेदना र स्व नविन्द्रराज जी प्रती श्रद्धान्जली।
दु:खद!!! भगवानको अन्यायपूर्ण निर्णय ।अवसरमा नचुकेको ब्यक्तित्व ।बैकुण्ठवासको कामना नबिन्द्र जी !!! सम्झना मात्र
नेपाल बिध्यार्थी संघका पूर्ब महामन्त्री,पूर्ब मन्त्री,नेपाली कांग्रेसका केन्द्रीय सदस्य,आदरणीय नवीन दाइ हामी बिच रहनु भएन । अकल्पनीय र ज्यादै शोकको दिन आज उहाँ प्रति हार्दिक श्रद्धा सुमन। बैकुण्ठबासको कामना गर्दछु। शोकाकुल सम्पूर्ण परिवारजन हरू प्रति हार्दिक समबेदना






































