काठमाडौं, १३ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिवार बिहान बस्ने भएको छ ।
पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति निधन भएकोले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरी उहाँँको अन्येष्टिको व्यवस्थापनको बारेमा निर्णय गर्न बैठक बस्न लागेको हो ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले २०७७ चैत्र १४ गते शनिबार विहान ११ः३० बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य नवीन्द्रराज जोशको पार्थिव शरीरलाई मध्याह्न १२ : ०० बजेदेखि २ : ०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जनाएको छ ।


















