ढाका(बाङ्ग्लादेश) १४ चैत्र(बीबीसी) । बाङ्ग्लादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा हिंसात्मक विरोध प्रदर्शनहरू भएका छन्।
बाङ्ग्लादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका पुग्नुभएको हो।
एउटा इस्लामिक धार्मिक सङ्गठनले शनिवार पनि विरोधप्रदर्शनको कार्यक्रम राखेको छ भने आइतवार हडताल गर्ने घोषणा गरेको छ।
शुक्रवार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसी बाङ्ग्लाले जनाएको छ।
ढाकासहित विभिन्न स्थानमा प्रहरीसँग भएको झडपमा कैयौँ मानिसहरू घाइते भएको बताइएको छ।
विरोध र हिंसा
बीबीसी बाङ्ग्लाका अनुसार ढाकामा विगत केही सातादेखि वामपन्थी र दक्षिणपन्थी सङ्गठनहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको छुट्टाछुट्टै विरोध गरिरहेका थिए।

ढाकामा नरेन्द्र मोदीको विरोध गर्दा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त
ढाका विश्वविद्यालयमा विद्यार्थीहरूले पनि मोदीको भ्रमणको विरोध गर्दै आएका थिए।


बाङ्ग्लादेशमा मोदीको विरोध
विदेशी नेताहरूको भ्रमण तथा देशको स्वतन्त्रता दिवसलाई दृष्टिगत गरेर ढाकामा सुरक्षाव्यवस्था कडा पारिएको थियो।
ढाकामा शुक्रवारको प्रार्थनापछि मानिसहरूले मोदीविरुद्ध नारा लगाउन तथा तोडफोड गर्न थालेपछि प्रहरीले कारबाही गरेको ढाकास्थित बीबीसी संवाददाताले बताएका छन्।
अन्य स्थानमा पनि विरोध चर्किँदा हिंसा भयो।

ढाकास्थित मस्जिदमा प्रहरी
दक्षिणपन्थी इस्लामिक सङ्गठनहरूले मोदीको नीति ूमुस्लिम समुदायविरोधीू भएको आरोप लगाउँदै विरोध गरिरहेका छन्।
भारतले बाङ्ग्लादेशसँग ूहेपेर व्यवहार गर्ने गरेकोू आरोप लगाउँदै प्रदर्शनकारीहरूले ूभारतीय आक्रामकताू को विरोध गरेको दाबी गरेका छन्।

शुक्रवार चटगाउँ र ब्राह्मनबारियामा के भयो ?
ढाकामा प्रहरीले कारबाही गरेको सूचना पाएपछि चटगाउँस्थित हाटहजारी मदरसाबाट विरोध र्याली निकालिएको बाङ्ग्लादेशी सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीले कारबाही गर्दा घाइते भएका मानिसलाई चटगाउँ मेडिकल कलेजको अस्पतालमा लगियो।
घाइतेमध्ये कम्तीमा चार जनाको मृत्यु भएको त्यहाँस्थित एक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।

बाङ्ग्लादेशमा मोदीको विरोध
हिफाजत-ए–इस्लामका नेता मुजिबुर रहमान हमिदीले आफ्ना केही समर्थकहरूको मृत्यु भएको बीबीसी बाङ्ग्लालाई बताउनुभएको छ।
प्रदर्शनकारीहरूको अवरोधका कारण शनिवार अपराह्णसम्म चटगाउँलाई जोड्ने एउटा राजमार्ग बन्द छ।


बाङ्ग्लादेशमा मोदीको विरोध
ब्राह्मनबारियामा पनि शुक्रवार मदरसाका विद्यार्थीहरूले एउटा र्याली निकालेका थिए। चटगाउँमा प्रदर्शनकारीको मृत्यु भएको सूचना पाएपछि उनीहरू उग्र भए।
स्थानीय पत्रकार सेलिम परवेजका अनुसार प्रदर्शनकारीहरूले रेलस्टेशनमा आगो लगाइदिए तथा सहरका विभिन्न स्थानमा तोडफोड र गाडीहरूमा आगजनी गरे।
त्यसपछि प्रहरीले गोली चलाएको र गोली लागेकामध्ये एक जनाको मृत्यु भएको बताइएको छ।
परवेजका अनुसार मृतक मदरसाका विद्यार्थी हुन्।

मोदी


















