Prakash Adhikari March 27, 2021

 

यांड.गुन(म्यानमार), १४ चैत्र। जननिर्वाचित सरकारलाई अपदस्त गरेर गत माघ १९ गते सत्ता हातमा लिएको म्यानमारको सैनिक सरकारद्धारा खटाइएका सुरक्षाकर्मीले जननिर्वाचित सरकारको बहालीको माग गर्दै गरेका प्रदर्शनमा शनिवार अन्धाधुन्द गोली प्रहार गर्दा ४ बालबालिकासहित कम्तिमा ९१ जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीहरुले बताएका छन् ।

बीबीसीकाअनुसार शनिबार ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि कम्तिमा ९० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

https://twitter.com/Nandar76242520/status/1375814179530006530

त्यसअघि सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने बताउनुभएको थियो। तर चुनाव कहिले हुन्छ भन्ने उहाँले खुलाउनुभएन ।

सेनाले फेब्रुअरीमा शासन सत्ता हातमा लिएको थियो । त्यसयता भएका विरोध प्रदर्शनमा ३२० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

https://twitter.com/SmileSmile272/status/1375813462635376640

https://twitter.com/Thonn07031256/status/1375814868838719492

https://twitter.com/phochos/status/1375813233223733251

https://twitter.com/various__k/status/1375812532657549312

https://twitter.com/MSLwin88/status/1375809588457472002

https://twitter.com/ZweNyiNyiNain10/status/1375808338500448262

Share Now

Leave a comment.