सैनिक दमन नरोकिए म्यान्मारको स्थिति नियन्त्रणबाहिर जान सक्ने राष्ट्रसंघीय आवासीय प्रतिनिधिको चेतावनी
याड.गून(म्यानमार), २० चैत्र(बीबीसी) । म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र नियन्त्रणबाहिर जान सक्ने खतरा औँल्याउनुभएको छ।
राष्ट्रसङ्घका आवासीय प्रतिनिधि एन्ड्रु कर्कवूडले सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको बताउनुभयो।
उहाँका अनुसार म्यान्मारमा सैन्य कूयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशतले गोली प्रहारबाट ज्यान गुमाएका छन्।
तीमध्ये धेरैको टाउकोमा गोली हानिएको र निशानेबाजहरू दिनदहाडै परिचालन गरिएको कर्कवूडले बताएका छन्।
🚨 #Myanmar
Security Council strongly condemns violence against peaceful protestors & deaths of hundreds of civilians➡️calls on military to exercise utmost restraint
➡️underlines need to protect rights of ethnic minorities#UNSC President @VietNam_UN👇https://t.co/h8p18EIV6I pic.twitter.com/imMnCRhZGe
— UK at the UN 🇬🇧🇺🇳 (@UKUN_NewYork) April 1, 2021
सेनाको कडा निन्दा
शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ।
एक दिनअघि परिषद्को एउटा आपत्कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो।
सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव मात्र बढाउने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गर्नुभएको थियो।
अघिल्लो शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि ब्रिटेनको आग्रहमा परिषद्को आपत्कालीन बैठक डाकिएको थियो।
The United Kingdom is appalled
We condemn in the strongest terms the actions of the Tatmadaw in killing its own people
These violent actions by the military are completely unacceptable & require a strong message from the international community@BWoodward_UN | #Myanmar #UNSC pic.twitter.com/lV51H4UgtI
— UK at the UN 🇬🇧🇺🇳 (@UKUN_NewYork) March 31, 2021
सेभ द चिल्ड्रेनका अनुसार सैन्य कूयता कम्तीमा ४३ जना बालबालिका सशस्त्र फौजबाट मारिएका छन्।
सबैभन्दा कान्छो पीडितको उमेर ६ वर्ष रहेको पाइएको उक्त संस्थाले उल्लेख गरेको छ।

एउटा स्थानीय पर्यवेक्षक समूहका अनुसार कूयता मारिनेको सङ्ख्या हालसम्म ५३६ पुगेको छ।
सू चीविरुद्ध गम्भीर अभियोग
यसैबीच, नेत्री आङ सान सू चीविरुद्ध देशको गोपनीयतासम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोग पनि लगाइएको पाइएको छ।
सू चीसहित उनका चारजना साझेदारमाथि गत साता नै अभियोग लगाइए पनि १४ वर्षसम्म जेलसजाय हुन सक्ने अभियोग पनि लगाइएको कुरा अहिले थाहा भएको हो।
आमनिर्वाचनमा सू चीको न्याश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएको थियो।


















