Prakash Adhikari April 3, 2021

पोखरा(कास्की), २१ चैत । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण आजदेखि पोखरामा सुरु हुँदै छ ।

पोखराको सहारा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताका सबै खेल पोखरा रङ्गशालामा हुने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब र एपिएफ क्लबबीच पोखरा रङ्गशालामा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपविजेताले नगद ५ लाख १ हजार प्राप्त गर्ने छन् ।

व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कूल ८ वटा टिम सहभागी रहेका छन् । आयोजक सहारा क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुनको सहभागिता रहेको छ ।

प्रतियोगिताको १८ औं संस्करणमा नेपाल पुलिसलाई हराएर मनाङ मर्स्याङ्ली क्लबले उपाधि जितेको थियो ।

प्रतियोगितामा पहिलो चरणको खेल हेर्न १ सय ५०, सेमिफाइनलका खेल हेर्न २ सय र फाइनल खेल हेर्न ३ सय रुपैयाँ टिकर दर तोकिएको छ ।

Share Now

Leave a comment.