Prakash Adhikari April 10, 2021

 

कीर्तिपुर(काठमाडौं), २८ चैत्र । शशस्त्र प्रहरी बल (एपीएफ)ले पहिलो संस्करणको ललितपुर मेयर्स महिला च्याम्पियनसिपको उपाधि जितेको छ।

टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै सशस्त्रको विभागीय टोलिले सो उपाधि जितेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ७ रनको सहज लक्ष्य एपीएफले मात्र २ विकेट गुमाएर १६.२ ओभरमै हासिल गरेको थियो ।

लक्ष्य पछ्याउने क्रममा एपीएफका ओपनर ज्योति पाण्डे र सीता राना मगरले ६९ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। खेलमा ज्योतिले ३६ रन तथा सीताले २७ रन बनाएका थिए। तेश्रो विकेटको लागि इन्दु बर्मा र ममता चौधरीले ३० रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याएका थिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभर खेलमा ७ विकेट गुमाउदै १ सय ६ रन बनाएको थियो।

सुदूरपश्चिमको लागि बिन्दु रावलले अविजित ४४ रन, कविता कुँवरले १३ रन, डली भट्टले १४ रन तथा रेवती धामीले १० रन योगदान दिएका थिए।

सुदूरपश्चिमलाई रोक्ने क्रममा एपीएफको बलिंगमा रेखा रावल, करुणा भण्डारी, सुष्म श्रेष्ठ, सीता राना मगर र बिनु बुढा मगरले समान १ विकेट लिएका थिए।

खेलको प्लेयर अफ द म्याच ज्योति पाण्डे चुनिएकी थिइन।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी भने एपीएफ कप्तान सीता राना मगर चयन भइन । उनले प्रतियोगिताभर कुल १ सय २३ रन बनाउनुको साथै ५ विकेट समेत लिएकी थिईन्।

यस्तै प्रतियोगिताकै उत्कृष्ट ब्याट्सउमन प्रदेश १ की रुबिना क्षेत्री घोषित भईन् । उनले १६१ रन बनाएकी थिईन्।

प्रतियोगिताकै उत्कृष्ट बलर एपीएफकी बिनु बूढा मगर चुनिईन् उनले ५ खेलमा १० विकेट लिइन।

उत्कृष्ट खेलाडी चुनिएकी सीताले २५ हजार रुपैयाँ हात पारिन् भने उत्कृष्ट ब्याट्सउमन र बलर चुनिएका रुबिना र बिनुले १५ ।१५हजार रुपैयाँ प्राप्त गरे।

उपाधि जितेको एपीएफले ३ लाख रुपैयाँ तथा उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे।

एपीएफ तीन महिना अघि दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको फाइनलमा प्रदेश १ संग ६ रनले पराजित हुँदै उपाधि जित्न चुकेको थियो ।

 

Share Now

Leave a comment.