Prakash Adhikari April 11, 2021

 

बेइजिड.(चीन), २९ चैत्र(बीबीसी) । विश्वको ठूलो अनलाइन विक्रेता चीनको अलिबाबा कम्पनीले अहिलेसम्मकै उच्च २.७५ अर्ब अमेरिकी डलर बराबरको जरिवाना तिर्नुपर्ने भएको छ।

चीनको नियामक निकायले इन्टरनेटमा आधारित उक्त कम्पनीले बजारमा कायम रहेको आफ्नो प्रभुत्व वर्षौँदेखि दुरुपयोग गरेको आरोप लगाएको छ।

एउटा विज्ञप्ति प्रकाशित गर्दै अलिबाबाले उक्त आदेशलाई स्वीकार गर्दै तदनुरूप पालना गरिने जनाएको छ।

विश्लेषकहरूले उक्त जरिवानालाई बेइजिङ आफूलाई निकै ठूला लागेका इन्टरनेट मञ्चहरूविरुद्ध जान खोजेको सङ्केतका रूपमा लिएका छन्।

अलिबाबाको प्रभाव

बाहिर खासै चर्चित नभए पनि चीनभित्र अलिबाबा निकै ठूलो र प्रभावशाली रहेको शाङ्घाईस्थित बीबीसीका रोबिन ब्रान्ट बताउँनुहुन्छ।

उक्त कम्पनी एमजन र ईबेको सम्मिश्रण जस्तो भएको बीबीसी संवाददाता ठान्नुहुन्छ।

उसको काम डिजिटल भुक्तानी, ऋण र क्लाउड कम्प्युटिङ भनिने इन्टरनेटमा डेटा भण्डारण गर्नेसम्मका छन्।

उसको काम डिजिटल भुक्तानी, ऋण र क्लाउड कम्प्युटिङ भनिने इन्टरनेटमा डेटा भण्डारण गर्नेसम्मका छन्।
अनलाइन बजारबाहेक अलिबाबा अरू किसिमका डिजिटल व्यापार र सेवामा पनि संलग्न छ

सामान विक्री उसको एउटा मुख्य गतिविधि भए पनि उसको काम डिजिटल भुक्तानी, ऋण र क्लाउड कम्प्युटिङ भनिने इन्टरनेटमा डेटा भण्डारण गर्नेसम्मका छन्।

उक्त जरिवाना सन् २०१९ मा अलिबाबाले गरेको कुल आयको चार प्रतिशत रकम हो।

आरोप

नियामकहरूले अलिबाबाले केही अन्य विक्रेतालाई अन्य मञ्चहरू प्रयोग गर्न रोक्दै प्रतिस्पर्धामा अवरोध पुर्‍याएको आरोप लगाएका छन्।

उक्त कम्पनीप्रति लक्षित कारबाहीको आरम्भ गत अक्टोबर महिनामा भएको थियो जतिखेर उक्त कम्पनीका सहसंस्थापक ज्याक माले चीनका प्रमुख नियामकहरूसमक्ष उनीहरूले नवप्रवर्तनलाई दमन गर्न खोजेको बताउनुभएको थियो।

चीनका निकै सफल उद्यमी ज्याक मा त्यहाँ निकै चर्चित हुनुहुन्छ।

‘यस जरिवानालाई बजारमा अहिले एकाधिकारविरुद्धको एउटा घटनाको रूपमा हेरिनेछ”,हङ्‌कङमा रहेको बोकम इन्टरन्याश्नलका अनुसन्धान प्रमुख होङ हाओले रोएटर्स समाचारसंस्थालाई बताउनुभयो।

‘यो वास्तवमै एकाधिकारविरुद्धको चीनको सबैभन्दा ठूलो घटना हो। बजारले केही समयदेखि कुनै प्रकारको जरिवानाको अपेक्षा गरिरहेको थियो‘तर मानिसहरूले एकाधिकारविरोधी अनुसन्धानभन्दा माथि उठेर त्यसका तौरतरिकामा ध्यान दिनुपर्छ।’

चिन्ता
चीनका नियामकहरू बढ्दो प्रभाव भएका अन्य प्रविधि कम्पनीका कारण पनि चिन्तित छन्।

चीनका निकै सफल उद्यमी ज्याक मा त्यहाँ निकै चर्चित समेत हुनुहुन्छ।

चीनका निकै सफल उद्यमी ज्याक मा त्यहाँ निकै चर्चित समेत छन्।
ती कम्पनीहरूमाथि समेत उच्च दबाव रहेको बताइन्छ।

गत महिना एकाधिकारविरोधी कानुनको उल्लङ्घन गरेको भन्दै चीनमा १२ कम्पनीहरूले जरिवाना तिरेका थिए।

तीमध्ये टेन्सेन्ट, बाइडु, दिदी चुशिङ, सफ्टब्याङ्क र बाइटडान्ससँग सम्बन्धित एउटा कम्पनी छन्।

 

Share Now

Leave a comment.