Prakash Adhikari February 10, 2018

सलाङघाट(धादिङ), २७ माघ। शनिवार बिहान जीप त्रिशूली नदीमा खसेर हराएकामा सचिव सिंचाई सचिव रामानन्द यादव मृतावस्थामा फेला परेका छन् ।

सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो । बेपत्ता भएका उनका  छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन् । जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिएका छन् ।

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए ।
चालक निराजन यादव भने घाइते भएका छन् ।

बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिएका छन् ।

दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् ।

उनलाई यसअघि नै उद्धार गरेर काठमाडौं ट्रमा सेन्टर ल्याइएको छ ।

चालक निदाएका कारण जीप सडककिनाराबाट त्रिशुलीमा खसेको बताइएको छ ।

 

Share Now

Leave a comment.