Prakash Adhikari April 16, 2021

पोखरा(कास्की), ३ बैशाख । कोरोनाको त्रासले विश्व तर्सिरहेको बेला नेपाली र विदेशी साहसिक पर्वतारोहीहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् ।

पोखराबाट आशा खबर सम्वाददाताले पठाएको जानकारी अनुसार शुक्रबार बिहान १४ जना आरोहीले ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन् ।

यो आरोहण यस बर्षको बसन्त ऋतुको पहिलो आरोहण पनि हो ।

आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स प्रालिका अनुसार यो टीममा ७ जना नेपाली सदस्य छन् ।

अन्नपूर्णको चुचुरोमा पुग्ने नेपालीहरुमा लाक्पा देण्डी शेर्पा, मिग्मा तेन्जी शेर्पा, छाङ्वा शेर्पा, पूर्णिमा श्रेष्ठ, पेम्बा शेर्पा, लाक्पा तेम्बा शेर्पा र दावा शेर्पा रहेका छन् । त्यस्तै विदेशीहरुमा भिरिदियना अल्भारिज,उटा इब्राहिमी, बदिया बोनिला,मौरिसियो, एण्टोनिस साइकारिस , जरोस्लाभ जानोभिक,वाल्देमार डोमिनिक कोवालेवस्क रहेका छन् ।

May be an image of nature and mountain

सन् २०१९ पछि पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण भएको हो ।सन् २०२० मा कोरोना महामारीका कारण अन्नपूर्ण आरोहण हुन सकेको थिएन । यद्यपि मनास्लु र सगरमाथा,आमादब्लाम लगायतका हिमालहरुको आरोहण भने भएको थियो ।

 

 

Share Now

Leave a comment.