Prakash Adhikari April 16, 2021

बीरेन्द्रनगर (सुर्खेत),३ बैशाख । संविधानलाई निस्क्रिय बनाउन प्रतिनिधिसभा विघटन गरेर असमय निर्वाचनमा जान उद्यत प्रधानमन्त्री के.पी. ओलीलाई आफ्नै पार्टीका तल्लो तहका नेताहरुले तिरस्कार गर्दै पार्टी ह्वीपको पनि उल्लंघन गरेका छन् ।

आज कर्णाली प्रदेशका मुख्य मन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिंदा एमालेका सांसदहरुले पार्टी ह्वीप उल्लंघन गरेर शाहीको सरकारलाई जोगाई दिएका छन् ।

मुख्यमन्त्री शाहीले आफ्नो सरकारलाई प्रदेशसभाको विश्वास छ राख्नुभएको प्रस्तावको पक्षमा २२ मत परेको छ ।

प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा प्रदेशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

मुख्यमन्त्री शाहीको पक्षमा नेकपा माओवादी केन्द्रका १२ जना नेपाली कांग्रेसका ६ जना र नेकपा एमालेका ४ जनाले विश्वास दिएका थिए ।

नेकपा एमालेको संसदीय दलले सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो तर सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिनुभएको थियो ।

फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र नन्दसिंह बुढा यसअघि शाही नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री हुनुहुन्थ्यो ।

 

Share Now

Leave a comment.