कीर्तिपुर(काठमाडौं), ६ बैशाख । नेपाल, नेदरल्याण्ड्स र मलेशियाका बीचमा चलिरहेको त्रिदेशीय क्रिकेट श्रृखलाको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पनि ९ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा मलेशियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले सहजै पूरा गरेको हो । नेपालले १ विकेटको क्षतिमा १२ ।१ ओभरमा सो लक्ष्य पूरा गरेको थियो ।
खेलमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो ब्याटिङ प्रदर्शन गरेका थिए ।
शनिवार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई पनि नेपालले नौ विकेटले नै पराजित गरेको थियो।
कीर्तिपुरमा आयोजित खेलमा उल्लेख्य सङ्ख्यामा नेपाली दर्शकहरू उपस्थित थिए।
Kushal Bhurtel's unbeaten 61 and Aasif Sheikh's quick 29-ball 42 guided Nepal to a nine-wicket win over Malaysia in the third tri-series T20I.
🇳🇵 Karan KC starred with the ball, returning 3/17 👏
📸 @CricketNep pic.twitter.com/Y0OaH5EFK5
— ICC (@ICC) April 19, 2021
नेपालको लय
नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा जमेका कुशल भुर्तेल र आशिफ शेखले फेरि पनि प्रभावकारी ओपनिङ गरे।
आक्रामक खेलेका भुर्तेलले २६ बलमा अर्धशतक पूरा गरेका थिए। उनी तीन चौका र पाँच छक्का प्रहार गर्दै ६१ रनमा नटआउट रहे।
शेखले भने २९ बलमा ४२ रन बनाए। उनले चार चौका र एक छक्का प्रहार गरेका थिए।
दीपेन्द्रसिंह ऐरीले छ रनमा नटआउट रहे। उनले विजयी चौका प्रहार गरे।
राष्ट्रिय टोलीबाट दोस्रो खेल खेलिरहेका भुर्तेलको यो लगातार दोस्रो अर्धशतक हो।
पूर्वकप्तान पारस खड्काले नेपाली टोलीको प्रदर्शनको प्रशंसा गरेका छन्।
Great Team Effort ..
Let’s keep building on this ..
👏👏 pic.twitter.com/FIuzcNgyWw— Paras Khadka (@paras77) April 19, 2021
अभ्यास गर्ने क्रममा घाइते भएकाले खड्काले यो शृङ्खलामा खेल्न पाएनन्। उनको दाहिने काँधमा चोट लागेको छ
मलेशियाको कमजोर ब्याटिङ
टस जितेर फिल्डिङ रोजेको नेपालले परिचित प्रतिद्वन्द्वी टोली मलेशियालाई १६.५ ओभरमा १ सय ९ रनमा रोकेको थियो।
यसअघि मलेशियाले निरन्तर विकेट गुमाउन पुगेपछि फितलो स्कोरमै अलआउट भएको थियो।
नेपालका लागि करण केसीले तीन, सन्दीप लामिछानेले दुई र अन्य चार खेलाडीले एक एक विकेट लिएका थिए।
मलेशियाका लागि सैयद अजीजले २७, शर्भीन मुनियान्डीले २० र शफिक शरिफले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

करण केसी
आइतवार नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट खेल्दै ८७ रन बनाएका वीरनदीप सिंहले नेपालविरुद्ध छ रन मात्रै बनाएका थिए।
म्यान अफ द म्याच केसीले तीन ओभरमा १७ रन खर्चेर तीन विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र साहब आलमले १ । १ विकेट हात पारेका थिए।
ऐरीले टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक बलिङ गरेका हुन्।
नेपाल र मलेशियाबीच अहिलेसम्म भएका पाँच टी २० अन्तर्राष्ट्रिय खेलमा यो नेपालको चौथो विजय हो।

नेपाली खेलाडीहरू
अबको खेल
दुई खेलमा दुवै जितेको नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ।
नेपालले मङ्गलवार नेदरल्यान्ड्सविरुद्ध र बिहीवार मलेशियाविरुद्ध खेल्नेछ।
बुधवार मलेशियाका सामु नेदरल्यान्ड्सविरुद्ध आइतवारको पराजयको बदला लिने मौका हुनेछ।
शीर्ष दुई टोलीबीच शनिवार फाइनल खेल हुनेछ।


















