काठमाडौं, ७ बैशाख । भारतमा पवित्र मेला मानिदै आएको कुम्भमेलामा शाही स्थान गरी त्यहाँका धार्मिक कार्यक्रममा सरिक भएर फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
संक्रमण पुष्टि भए पनि उनीहरु होम आइसोलेसनमै रहेको सुरक्षा स्रोतले जनाएको छ।

कुम्भमेलामा विशेष अतिथिका रुपमा निम्त्याइनुभएका पूर्वराजा ज्ञानेन्द्रले गंगामा स्थान गर्नुभएको थियो ।
उहाँलाई स्वामी कैलाशानन्द गिरीले निमन्त्रणा दिनुभएको थियो ।
पूर्व राजा ज्ञानेन्द्रले आफूलाई विशेष अतिथिको रुपमा आमन्त्रण गरी न्यानो सत्कार गरेकोमा स्वामी कैलाशानन्द गिरी लगायत कुम्भमेला आयोजकहरुप्रति कृतज्ञता समेत प्रकट गर्नुभएको थियो ।
महत्वपूर्ण धार्मिक भ्रमणका क्रममा हरिद्वारमा भएको हाम्रो बिशेष सम्मान, सत्कार र संस्कारयुक्त आदर भावप्रति निरन्जन पीठका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरी तथा समस्त सन्त महात्माहरू एवम् सम्पूर्ण भारतीय जनता र भारत सरकार प्रति पनि आभार व्यक्त गर्न चाहन्छौ ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 19, 2021
लाखौं भक्तजनहरुको भेला र मेला लागेको यस बर्षको कुम्भमेलामा पुगेका १५ सय बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।
यो कुम्भ मेला दुई महिनासम्म चल्ने गर्दछ।


















