पर्थ(अष्ट्रेलिया)२८ माघ । नेपाली कला संस्कृतिको परिचय दिने र नेपालका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने उद्देश्यले पश्चिम अष्ट्रेलियाको पर्थस्थित एलिजाबेथ क्युमा आगामी मार्च ३१ मा नेपाल महोत्सवको आयोजना हुने भएको छ ।
प्रवासी नेपालीहरुको संगठन (एनआरएनए)ले आयोजना गर्न लागेको कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम, झाँकीहरुका साथै नेपालको पर्यटन प्रबर्द्धनका लागि बिभिन्न स्टलहरु समेत राखिने महोत्सव संयोजक दीपक शर्माले जानकारी दिएका छन् ।
कार्यक्रममा अष्ट्रेलियास्थित नेपापली संघसंस्थाका प्रतिनिधि, एनआरएन नेता तथा प्रतिनिधिहरु, दुतावासका अधिकारीहरु र अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुका साथै नेपालबाट समेत राजनीतिक र सरकारी प्रतिनिधिहरुको उपस्थिति रहने विश्वास आयोजकहरुले गरेका छन् ।
झण्डै चार बर्षका अन्तरालमा हुनलागेको यस महोत्सवले पर्थमा नेपाली समुदायको कलासंस्कृति र परम्पराको पहिचान स्थापित गराएरनेपाली समुदायकोmमनोबल उच्च बनाउने अपेक्षा गरिएको छ ।
महोत्सवमा नेपाल झल्कने बिभिन्न झाँकीहरुको प्रस्तुती रहनेछ भने पर्थको मुख्य शहरमा नेपाल परेडको समेत आयोजना गरिनेछ ।
कार्यक्रममा कुटुम्ब ब्याण्डले अलग प्रस्तुति दिनेछ ।
महोत्सवमा नेपाली खाना, नेपाली पोशाक, नेपालीहरुले गरेका स्थानीय व्यवसाय सहित नेपालको पर्यटन र औद्योगिक क्षेत्रमा लगानी आकर्षित गर्न उत्सुक संघ संस्था तथा कम्पनीहरुले स्टल राख्ने भएका छन् ।