Prakash Adhikari April 29, 2021

पर्सा, १६ वैशाख (रासस) । पर्सामा आज एकै दिन १ सय ६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २ सय८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १ सय ३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमणको दोस्रो छालमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताउनुभयो ।

यससँगै पर्सामा सङ्क्रमितको कुल सङ्ख्या ४ हजार ३ सय१७ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

Share Now

Leave a comment.