नयाँदिल्ली(भारत), १७ बैशाख(बीबीसी) । भारतको राजधानी दिल्लीमा प्रहरीले थप शवदाह स्थल व्यवस्था गरिदिन आग्रह गरेको छ
भारतको राजधानी दिल्लीका स्थानीय अधिकारीहरूलाई शवदाह गर्न सकिने थप नयाँ स्थान पहिचान गर्न त्यहाँको प्रहरीले आग्रह गरेको छ।
भयानक रूपमा देखा परेको दोस्रो लहरबाट भारतको कैयौँ भाग प्रभावित भएको छ। यसले अस्पताल, शव गृह र शवदाह स्थलहरूमा ठूलो चाप परेको छ।
बिहीवार कुल कोभिड बिरामी भएको सङ्ख्या १ करोड ८० लाख नाघेको छ।
बिहीवार मात्रै थप ३ लाख ८६ हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यो सङ्ख्या संसारकै एउटा मुलुकमा एकदिनमा सङ्क्रमण भएको सबभन्दा बढी सङ्ख्या हो।
बिहीवार दिल्लीमा मात्रै ३ सय ९० जनाभन्दा बढीको ज्यान गएको थियो।
यो महामारी शुरू भएयताकै सर्वाधिक मृत्यु सङ्ख्या हो।
“शहरको मृत्यु सङ्ख्या मुख्यतः कोभिडसँग सम्बन्धित छ र स्थान अभावका कारण मानिसहरूले आफ्ना प्रियजनहरूलाई कोभिड पीडितका लागि बनाइएकाभन्दा अन्यत्र नै शवदाह गर्नु परिरहेको छ”, एनडीटीभी न्यूज च्यानललाई एकजना वरिष्ठ प्रहरी अधिकारीले बताए,”त्यसै कारणले हामीले सरकारलाई थप शवदाह स्थल पहिचान गर्न भनेका हौँ।”
भिडिओ क्याप्शन सुरु हुँदैछ,
दिल्लीमा अस्पतालहरूले बिरामीका आफन्तलाई सामान र अक्सिजनको जोहो गर्न आग्रह गरिरहेका छन्।
भारतमा अक्सिजन, औषधी र अस्पतालका शय्याको अभाव भइरहेको छ। मानिसहरू आफ्ना प्रियजनका लागि त्यस्ता अत्यावश्यक वस्तुका लागि सामाजिक सञ्जालमा याचना गरिरहेका छन्।
भारतको केन्द्रीय सरकारले महामारी मच्चिएका बेला चुनावी र धार्मिक कार्यक्रम जारी राख्न दिएको भन्दै व्यापक आलोचना खेपिरहेको छ।
तर स्वास्थ्यमन्त्रीले बिहीवार सरकारको बचाउ गर्दै भारतमा मृत्युदर संसारकै न्यूनतम रहेको र अक्सिजन उपलब्धता पर्याप्त रहेको बताएका छन्।
मन्त्री हर्ष वर्धनले एएनआई समाचार एजेन्सीलाई अब अक्सिजन धेरै स्रोतहरूबाट उपलब्ध गराइएको विदेशबाट पनि ल्याइएको र तिनको भण्डारणस्थल निर्माण भइरहेको बताए।
आफ्ना बाबुलाई अस्पतालले कोभिड १९ वार्डमा भर्ना नगरेपछि विह्वल एक महिलालाई सान्त्वना दिइँदै

अक्सिजन, औषधी र अस्पतालका शय्याको अभाव भइरहेको छ। मानिसहरू आफ्ना प्रियजनका लागि त्यस्ता अत्यावश्यक वस्तुका लागि सामाजिक सञ्जालमा याचना गरिरहेका छन्
विज्ञहरू लकडाउन लगाउनु र खोप लगाउनु मात्रै समाधान गर्ने उपाय भएको बताइरहेका छन्।
गत शनिवारदेखि भारतमा १८ वर्ष माथिका सबैले खोप लगाउन पाउने व्यवस्था गरिएको छ।
संसारकै सबभन्दा ठूलो मात्रामा खोप उत्पादन गर्ने मुलुक भए पनि भारतसँग खोप लगाउन मिल्ने उमेर समूहका करिब ८० करोड मानिसका लागि आवश्यक मात्रा उपलब्ध छैन।
कैयौँ राज्यहरूले खोपको अभाव भएको बताइरहेका छन्।
२ करोड जनसङ्ख्या भएको भारतको आर्थिक राजधानी मुम्बईमा खोप भण्डारण कम हुँदै गएकाले ३ दिनका लागि उसको खोप कार्यक्रम स्थगित गरेको त्यहाँको सरकारी निकायले विज्ञप्ति मार्फत जनाएको छ।
मुम्बईका लागि महानगरीय आयुक्त अश्विनी भिडेले ट्विटरमा जनाए अनुसार अहिले भण्डारमा रहेको खोप ४५ वर्ष माथिका लागि छुट्टाइएको छ।
Besides, vaccination for the new age group will start only after enough vaccines are made available, and not exactly on 1st May. So senior citizens need not worry that once the new drive starts they will be deprived of vaccination. 3/n
— Ashwini Bhide (@AshwiniBhide) April 29, 2021
All senior citizens in #Mumbai r kindly requested nt 2 crowd or stand in long queues @ #vaccination centres.Vaccine is in short supply just for now & so nt available @ all places in enough quantity. But be rest assured dat all 45+ years citizens wil eventually get vaccinated. 1/n
— Ashwini Bhide (@AshwiniBhide) April 29, 2021


















